काठमाडौं । दशैं–तिहारको अवसरमा सामसङ नेपालले ‘रमाइलो दशैं तिहार, मायाले भरौँ घर परिवार’ शीर्षकको नयाँ चाडपर्व अफर घोषणा गरेको छ । यस अफरअनुसार ४१ प्रतिशतसम्मको छुटमा सामसङको टेलिभिजन सेट र होम अप्लायन्सहरू किन्न सकिनेछ ।
अफरले सामसङको टिभी, रेफ्रिजरेटर र वासिङ मेसिनको आकर्षक रेन्जलाई समावेश गरेको छ, जसमा क्यासब्याक अफरका साथ सामसङका नयाँ लन्चहरू पनि उपलब्ध छन् । ग्राहकहरूले क्रिस्टल युएचडी टिभीको अरबौँ रङ्गहरू, क्युएलईडी टिभीको नवीनता, फ्रेम टिभीको आकर्षण र सामसङको सबैभन्दा नयाँ सि–सिरिज लाइन–अपहरू उत्तिकै आकर्षक अफरका साथ आफ्नो घरमा ल्याउन सक्छन् । कुनै पनि सामसङको नयाँ टिभी खरिद गर्दा त्यसमा तीन वर्षको वारेन्टी पनि पाइने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार होम थिएटर एक्सपेरिएन्स अफरअनुसार सामसङको कुनै पनि नयाँ टिभीसँग टी ४००, बि४५०, ए४५०, टी ४२० र एमएक्स–टी ५०लगायत जुन पनि साउण्डबारको खरिद गर्दा बन्डल छुट पाउन सक्ने बताइएको छ । यस्तै, नियो क्युएलईडी टिभी खरिद गर्दा ४१ हजार छ सय ९० रुपैयाँको बि ४५० साउण्डबार सित्तैमा पाउने छन् । यस्तै, सामसङ रेफ्रिजरेटर र वासिङ मेसिनको खरिदमा आकर्षक क्यासब्याक पाइने सामसङले जनाएको छ । साथै, कम्पनीले फ्रिजको डीआईटी कम्प्रेसर र वासिङ मेसिनको डीआईटी मोटरमा २० वर्षको वारेन्टी प्रदान गरेको छ ।
सामसङले आफ्नो यो अफर सबैको लागि सरल बनाउनका लागि झन्झटरहित शून्य प्रतिशत ब्याज भएको ईएमआई तथा फ्रि इन्स्टलेसनजस्ता सुविधा पनि प्रदान गरेको छ । अर्को स्टोरसँगकोे सहकार्यमार्फत ग्राहकहरूले सामसङ प्लाजा गई कुनै पनि उत्पादनमा अपग्रेड गर्दा बेस्ट भ्यालुएसन अन एक्सचेन्ज सेवाको पनि फाइदा उठाउन सक्ने बताइएको छ । मङ्सिर ४ गतेसम्म रहेको यो अफर नेपालमा सामसङका आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारले उपलब्ध गराएको हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
- ट्विटर एक्स डटकम भएको मस्कद्वारा पुष्टि
- भारतीय सेयरबजारबाट बाहिरियो साढे तीन अर्ब डलर लगानी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया