पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको अध्यक्षमा दाहाल
काठमाडौं । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ काठमाडौं शाखाको अध्यक्षमा नारायणप्रसाद दाहाल चयन भएका छन् । राजधानीमा सम्पन्न महासंघको आठौँ अधिवेशनले दाहाललाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
महासंघको प्रथम उपाध्यक्षमा विष्णु गिरी, द्वितीय उपाध्यक्षमा दिलीप पुरी, सचिवमा तुलसीप्रसाद अगस्ती, कोषाध्यक्षमा केदारबहादुर कार्की र सहसचिवमा किशोर पौडेल निर्वाचित भएका छन् । यस्तै, लेखा समितिको संयोजकमा कमल रिजाल र सदस्यहरूमा कमल अछामी, गोविन्द पौडेल, धनन्जय पौडेल, पदम भण्डारी, राजन शिवाकोटी, सुरज पाण्डे, बाबुराम आचार्य, राजेन्द्र रिजाल, ईश्वरी मरासिनी, नुदप्रसाद तिमिल्सिना, भोजराज बास्तोला र मानकुमारी पाण्डे निर्वाचित भएका छन् । काठमाडौंको हात्तीसारस्थित नेपाल हाउसमा सम्पन्न साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो ।
सर्वोच्च अदालतको आदेशविपरीत विद्यालय हाताभित्रबाट अवैधानिक ढङ्गबाट बिक्रीवितरण भइरहेको पुस्तक तथा कापीलाई रोक्न नयाँ कार्यसमितिले कुनै कसुर नराख्ने बताएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर
- सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया