कोभिड खोप शोधकर्ता दुई वैज्ञानिकलाई नोबेल पुरस्कार
एजेन्सी । यस वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार कोभिड–१९ विरुद्धको खोप विकाससम्बन्धी खोज गर्ने दुई अमेरिकी जीव शास्त्रीद्वय काटालिन कारिको र ड्रयु वेसम्यानलाई प्रदान गरिने भएको छ । पुरस्कार छनोट समितिले कोभिड–१९ विरुद्धको खोपका लागि मार्गप्रशस्त गर्ने ‘एमआरएनए’ प्रविधिमा काम गरेबापत उनीहरुलाई नोबेल पुरस्कारबाट सम्मानित गर्न छनौट गरेको हो ।
नोबेल पुरस्कार समितिले पुरस्कार विजेताहरुले आधुनिक समयमा मानवस्वास्थ्यले सामना गरेको सबैभन्दा ठूलोमध्येको जोखिमका बेला अभूतपूर्व गतिमा गरिएको खोप विकासका लागि योगदान दिएका थिए ।
विश्व स्वास्थ्य संगठनले सन् २०२०को मार्चमा कोभिड–१९ लाई महामारी घोषणा गरेको थियो भने डिसेम्बरमा ‘एमआरएनए’ खोप प्रयोगका लागि स्वीकृति दिएको थियो । त्यसपछि यही प्रविधिमा रहेर मोडर्ना र फाइजर बायोएनटेकले खोप उत्पादन गरेका थिए । अर्बौँ मात्रमा उत्पादन गरिएको यो खोप विश्वभर प्रयोग गरिएको थियो । पुरस्कार समितिले यो खोपले लाखौँ मानिसको ज्यान बचाएको उल्लेख गरेको छ ।
६८ वर्षीय कारिको र ६४ वर्षीय वेसम्यान सन् १९९० को दशकको सुरुतिर पहिलो पटक भेट भएका थिए । एमआरएनएमा उनीहरुको रुचि वैज्ञानिक क्षेत्रको असामान्य काम मानिएको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- सुजल डेरीको रस बदाम ड्रिङ्क बजारमा
- नबिल बैंकको प्रमुख कार्यकारीमा पुन: ढुंगाना
- नेपाल लाइफ क्यापिटलको सीईओमा घिमिरे
- महिला सशक्तीकरणका लागि लक्ष्मी सनराइज बैंकको शिक्षित लक्ष्मी पहल
- समृद्धि फाइनान्सद्वारा विपन्न विद्यार्थीलाई स्टेसनरी वितरण
- बागमती प्रदेश सरकारले आ.ब.८१/०८२ मा परिणाममुखी बजेट ल्याउने
- आन्तरिक विवाद समाधानका लागि राप्रपाले गर्यो बैठक आह्वान
- सदनमा गृहमन्त्री लामिछानेलाई बोल्न दिने विपक्षी दलको निर्णय
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया