कात्तिक १२ गते परराष्ट्रमन्त्री साउद अमेरिका जाने
काठमाडौँ । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणका लागि यही कात्तिक १२ गते परराष्ट्रमन्त्री नारायणप्रकाश साउद त्यसतर्फ प्रस्थान गर्दै छन् । उनले भ्रमणका क्रममा कात्तिक १३ गते वाशिङ्टन डिसीमा अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
सो अवसरमा उनले युएसएआइडीका प्रशासक सामन्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइट र अमेरिकी सरकारका अन्य उच्चस्तरीय अधिकारीसँग भेट गर्नुका साथै उनले अमेरिकी कांग्रेस नेपाल ककसका सहअध्यक्ष कांग्रेस सदस्य माइक केरीसँग पनि भेटवार्ता गर्नेछन् ।
मन्त्री साउदले भ्रमणका क्रममा युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिसको कार्यक्रम, नेपाली–अमेरिकी व्यवसायी समुदायसँगको अन्तरक्रिया, सूचना प्रविधि सल्लाहकार सञ्जालसँगको भेटघाट, गैरआवासीय नेपाली सङ्घका प्रतिनिधि र नेपाली–अमेरिकी व्यवसायीसँगको अन्तरक्रियामासमेत सहभागिता जनाउने छन् ।
अमेरिकाका लागि नेपाली प्रतिनिधिमण्डलमा नेपाली राजदूत श्रीधर खत्री, परराष्ट्र मन्त्रालय र वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासका वरिष्ठ अधिकारीका साथै नेपालस्थित एफएनसीसीआई र अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष रहनेछन् । परराष्ट्रमन्त्री कात्तिक १९ गते काठमाडौँ फर्किने छन् ।–
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्राइम सहकारीकाे एक अर्व ५४ कराेड हिनामिना, अध्यक्ष कार्कीसहित आठ पक्राउ
- नीति तथा कार्यक्रम सकारात्मक स: सत्ता पक्ष
- नीति तथा कार्यक्रम उत्साहप्रद : एमाले
- क्रिकेटर लामिछानको मुद्दा हेर्दाहेर्दैमा
- अदालती समयपछि पनि सन्दीपको मुद्दामा बहस जारी
- प्राइम सहकारी पनि डुब्यो, प्रहरीद्वारा उजुरी आह्वान
- शिक्षकले दलको सदस्य हुन नपाउने कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने
- मेलम्चीको पानी बाह्रै महिना उपत्यकामा आपूर्ति हुने व्यवस्था मिलाइने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया