भीमेश्वर बहुउद्देश्यीय सहकारीको नाफा ६५ लाख
दोलखा । भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्थाले ६५ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जिल्लाको तामाकोशी गाउँपालिका–१ भिरकोटमा रहेको सहकारीले आर्थिक वर्ष २०७९/८० मा उक्त नाफा कमाएको हो ।
यस्तै संस्थाले कुल ४४ करोड ३४ लाख ५३ हजार पुँजी संकलन गर्न सफल भएको छ । संस्थाको २८औं स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा संस्थाका कोषाध्यक्ष यज्ञबहादुर श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् । उनका अनुसार संस्थाले आर्थिक वर्ष २०७९/८० सम्म आइपुग्दा तीन करोड २६ लाख ३४ हजार रुपैयाँ सेयर जम्मा गरेको छ । त्यस्तै जगेडा तथा अन्य कोषतर्फ दुई करोड ९२ लाख रुपैयाँ, बचत निक्षेपतर्फ ३४ करोड ६६ लाख २५ हजार रुपैयाँ र स्थिर सम्पत्तितर्फ दुई करोड ७९ लाख ४३ हजार रुपैयाँबराबरको सम्पत्ति संकलन गरेको छ । संस्थाका अध्यक्ष सिताराम उप्रेतीको अध्यक्षता तथा एकीकृत समाजवादीका नेता शिवप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा संस्थाले विभिन्न विधामा संस्थापक सेयर सदस्य, पूर्वसञ्चालक, उत्कृष्ट विद्यार्थी तथा उत्कृष्ट सेयर सदस्य र कर्मचारीलाई सम्मान समेत गरेको छ ।
यस्तै सहकारीले दाना उद्योग समेत सञ्चालनमा लाएर उत्पादन थालेको जनाएको छ । संस्थामा हाल तामाकोशी गाउँपालिका तथा छिमेकीपालिकाका गरी सात हजार एक सय ७३ जना सेयर सदस्य आबद्ध छन् ।
क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8
ताजा अपडेट
- पेट्रोलियम पदार्थको मूल्य घट्यो
- क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा
- डिल्लीराम खनाललाई ५ हजार धरौटीमा छाड्न आदेश
- मुगुको पाटनमा यार्सा टिप्न पुगेकाको दुर्घटना बीमा
- निर्दोष ठहरिए सन्दीप लामिछाने, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
- सन्दीप लामिछानेको मुद्दामा केहीबेरमा फैसला हुँदै
- मिडिया बचाउने गरी सुविधा दिन सरकारसँग माग, मिडियाका समस्या सम्बोधन हुन्छन् : प्रधामन्त्री
- प्रचण्ड–ओलीबिच छलफल सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया