ज्योति विकास बैंकद्वारा विद्यालयलाई कम्प्युटर सहयोग
काठमाडौं । ज्योति विकास बैंकको पोखरा शाखाले एक विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ । पोखरा महानगरपालिका वडा नं. २८ स्थित रत्नशोभा माध्यमिक विद्यालयलाई तीन थान कम्प्युटर प्रदान गरिएको बैंकले जनाएको छ ।
बैंकका क्षेत्रीय प्रबन्धक विशाल लामिछानेका अनुसार बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘हाम्रो विकास कोष प्रवर्द्धन कोष’ मार्फत्विद्यालयलाई कम्प्युटर प्रदान गरिएको हो । विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिना र प्रधानाध्यापक गोपालबहादुर बुढाथोकीलाई कम्प्युटर हस्तान्तरण गरिएको हो ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा सूचना प्रविधिसम्बन्धी सीपको विकासका साथै प्रयोगात्मक सीपमार्फत् गुणस्तरीय शिक्षामा टेवा पुगोस् भन्ने उद्देश्यले कम्प्युटर प्रदान गरिएको बैंकका क्षेत्रीय प्रबन्धक लामिछानेले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिमिल्सिनाले विद्यालयमा कम्प्युटरलाई अधिकतम प्रयोग गर्दै आधुनिक प्रविधिमार्फत् अध्यापन गराउने प्रतिवद्धता जनाए । कार्यक्रममा बैंकका पोखरा न्यूरोड शाखाका प्रबन्धक सुवास तिवारी, क्षेत्रीय कर्मचारी लोकनारायण मानन्धर र कृष्णप्रसाद तिवारी लगायत सहभागी थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर
- सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया