सर्वोत्तम सिमेन्टको साधारण सेयरको बिक्री आह्वान
काठमाडौं । सर्वोत्तम सिमेन्टले साधारण सेयरको बिक्री आह्वान गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारमा रहेकाहरूको लागि कम्पनीले पहिलो चरणमा साधारण सेयरको बिक्री आह्वान गरेको हो ।
कम्पनीले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड र सहबिक्री प्रबन्धकद्वय एनआईएमबी एस क्यापिटल लिमिटेड र प्रभु क्यापिटल लिमिटेडमार्फत यही पुस २५ गतेबाट साधारण सेयरको बिक्री आह्वान गरेको हो । उद्योग रहेको क्षेत्रका प्रभावित, खानी रहेको क्षेत्रका प्रभावित र वैदेशिक रोजगारीमा रहेकाहरूले छिटोमा माघ १० गतेसम्म कम्पनीको साधारण सेयर खरिदको लागि आवेदन दिन सकिने छ । कम्पनीका अनुसार लगानीकर्ताहरूले न्यूनतम ५० र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उद्योग, खानी उत्खनन् प्रभावित क्षेत्रका लागि नौ लाख ३० हजार कित्ता सेयर र वैदेशिक रोजगारमा रहेकाहरूका लागि दुई लाख ६७ हजार कित्ता सेयर बाँडफाँट हुने कम्पनीको भनाइ छ । दरखास्तका साथ प्रतिकित्ता तीन सय ६० रुपैयाँ ९० पैसाका दरले भुक्तानी गर्नुपर्नेछ । उद्योग क्षेत्र नवलपरासीको सुनवल नगरपालिकाका केही वडा नम्बरहरू ३, ४, ५, ६, ११ र १३ का स्थानीयले आवेदन दिन पाउने छन् भने खानी क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिकाका १ र २ नम्बर वडाका स्थानीयले आवेदन दिन पाउने छन् । पाल्पा रिब्दिकोट गाउँपालिकाका २, ३, ४ र ६ नम्बर वडाका स्थानीय, तिनाउँ पालिकाका १, २ र ३ तथा निस्दी गाउँपालिका ७ नम्बर वडाका बासिन्दाले साधारण सेयर खरिदको लागि आवेदन दिन सक्ने कम्पनीको भनाइ छ ।
क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 6
ताजा अपडेट
- कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगन
- कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन
- सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
- तीन विदेशी महिला दुई केजी छ सय ५४ ग्राम लागुऔषधसहित पक्राउ
- विकासलाई अगाडि बढाउन राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ: अध्यक्ष ओली
- आन्दोलनरत आम सम्पर्क मञ्च र भन्सा कार्यालय बिच बार्ता
- पूर्वप्रधानसेनापति सिंहको निधन
- भारतद्वारा इरान बन्दरगाह सम्झौतामा अमेरिकी प्रतिबन्धको धम्की अस्वीकार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया