कोरोना भाइरसबाट विश्वभर १ सय १७ नेपालीको मृत्यु
काठमाडौं, जेठ १२
महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वभर १ सय १७ नेपालीको मृत्यू भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार शनिबार साँझसम्म मृत्यु हुने नेपालीहरुको संख्या १ सय १७ पुगेको हो । संघका अनुसार यो साता थप २१ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
संघका अनुसार युएई ९, साउदी अरब ५, युके २, नेपाल २, अमेरिका १, कतार १ र कुवेतमा १ जना नेपालीको यो साता ज्यान गएको हो । संघअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६५ जना गैरआवासीय नेपालको मृत्यु भएको छ । समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार संयुक्त अरब इमिरेट्स्ट (युएई)मा १८ जना नेपालीको निधन भएको छ ।
त्यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ भने साउदी अरबमा ७, नेपाल ३, कतार १, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्ड १, बहराइन १, स्विडेन १, कतार १ र कुवेत १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९५ पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जनाएको छ । त्यस्तै, ५० देखि ९० वर्ष उमेर समूहमा सबैभन्दा धेरै ५३ प्रतिशतको निधन भएको छ ।
स्वास्थ्य समितिको तथ्यांकअनुसार २३ प्रतिशत ४० देखि ५० वर्ष उमेर समूहका छन् । ४० वर्षभन्दा कम उमेर समूहमा निधन हुने नेपालीको संख्या १६ प्रतिशत रहेको छ । बाँकी ८ प्रतिशतको उमेर समूह खुलेको छैन । संयोजक डा.सापकोटाका अनुसार नेपालबाहेक विश्वभर १२ हजार २ सय ३६ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । तीमध्ये मध्यपूर्वमा ७२, अमेरिकामा १३, युरोप १०, एसियामा ५ प्रतिशतमा संक्रमण देखिएको छ ।
अष्ट्रेलियामा १ प्रतिशतभन्दा कम संक्रमण देखिएको छ भने अफ्रिकी मुलुकहरुमा रहेका नेपालीहरुमा कोरोना संक्रमण नदेखिएको संघले जनाएको छ । संक्रमितमध्ये ४ हजारभन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएको बताएको सापकोटाले जानकारी दिए । अत्यधिक कोरोना प्रभावित देशहरुमध्ये बेलायत र अमेरिकामा गत साताको तुलनामा यो साता संक्रमणको दर निकै कम हुँदै गएको र मध्यपूर्वका देशहरुमा बढ्दै गएको समितिको तथ्यांकले देखाएको छ ।
स्वास्थ्य समितिका अनुसार कतार ६ हजार ९ सय ११, अमेरिका १ हजार ६ सय, युके १ हजार २ सय ३०, साउदी अरब १ हजार ३ सय ६४, युएई ५ सय, बहराइन ३ सय ११, कुवेत ८४, मलेसिया ५५, पोर्चुगल ४२, आयरल्याण्ड २२, स्पेन १३, क्यानाडा १८, अष्ट्रेलिया १२, माल्दिभ्स १६, जापान १०, बेल्जियम ६, स्विटजरल्याण्ड ५, जर्मनी ४, फिनल्याण्ड ४, साइप्रस ३, न्युजिल्याण्ड ३, माल्टामा २, हङकङ २, पोल्याण्ड २, रुस २, म्यान्मार १, रोमानिया १ र फ्रान्स १ जना नेपालीलाई कोरोना संक्रमण भएको छ । यो साता रुस, रोमानिया र भारतका नेपालीमा नयाँ संक्रमण देखिएको हो ।
चीनबाट सुरु भएको कोरोना भाइरसविरुद्ध लड्न गैरआवासीय नेपाली संघ (एनआरएनए)ले अध्यक्ष कुमार पन्तको संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गरेको थियो । संघले स्वास्थ्य, आर्थिक, विद्यार्थी, श्रमिक, महिलालगायतका उपसमिति गठन गरी विश्वव्यापी रुपमा आफ्नो सञ्जाललाई कोरोना पीडितको लागि राहत वितरण गर्न परिचालन गरेको संघका महासचिव डा. हेमराज शर्माले जानकारी दिए । शर्माका अनुसार कोरोना पीडितको लागि राहत वितरण गर्न ४९ देशमा २ दुई हजारभन्दा बढी स्वयंसेवक खटाइएको छ ।
संघले शनिबार साँझसम्म ४० हजारभन्दा बढी गैरआवासीय नेपालीहरुलाई राहत वितरण गरिएको छ भने ६२ हजारभन्दा बढीलाई परामर्शसेवा प्राप्त गरेका छन् । संघले स्थापना गरेको कोरोनापीडित राहत कोषमा विभिन्न राष्ट्रिय समितिसहित ८ करोड रुपैयाँ संकलन गरेको संघका कोषाध्यक्ष महेश श्रेष्ठले जानकारी दिए । संघले यसअघि १० देशका नेपालीहरुको राहतको लागि आर्थिक सहयोग गरेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस् : प्रधानमन्त्री
- चौबिस दिनमा आगलागी, डढेलो र चट्याङबाट सत्ताइस जनाको मृत्यु
- पहाडी र तराई क्षेत्रका केही स्थानमा वर्षा हुने
- आज श्रद्धापूर्वक मातातीर्थ औँसी मनाइँदै
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया