पाँचवटा प्रदेशको कृषि क्षेत्रमा बैंकहरुको झण्डै दुई खर्ब लगानी
काठमाडौं । घरजग्गा, सवारीसाधनलगायत अनुत्पादक क्षेत्रमा ठूलो परिमाणमा कर्जा लगानी गर्दै आएका बैंक तथा वित्तीय संस्थाले पछिल्लो समय कृषि कर्जामा पनि ऋण लगानी बढाउँदै लगेको देखिएको छ । नेपाल राष्ट्र बैंकको उत्पादनमूलक क्षेत्रअन्तर्गत कृषि क्षेत्रमा कर्जा बढाउने रणनीतिकै कारण बैंक तथा वित्तीय संस्थाले ऋण लगानी बढाएका हुन् ।
नेपाल राष्ट्र बैंकले प्रादेशिक आर्थिक गतिविधि अध्ययन गरी अहिलेसम्म पाँचवटा प्रदेशको छुट्टाछुट्टै प्रतिवेदन सार्वजनिक गरेको छ । कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक वर्ष २०७९÷८०को अन्तिमसम्म यी प्रदेशमा बैंक तथा वित्तीय संस्थाले करिब दुई खर्ब रुपैयाँ कृषि क्षेत्रमा कर्जा प्रवाह गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै ५० अर्ब रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले पाँचवटा प्रदेशमा एक खर्ब ३० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
प्रतिवेदनअनुसार कोशी प्रदेशमा सबैभन्दा बढी कर्जा लगानी गरेका छन् । कोशी प्रदेशको कृषि क्षेत्रमा कुल ६१ अर्ब १९ करोड २६ लाख १० हजार रुपैयाँ कर्जा लगानी भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १२ दशमलव दुई प्रतिशतले बढी हो । अघिल्लो वर्ष कोशी प्रदेशको कृषि क्षेत्रमा कुल ५४ अर्ब ५२ करोड २५ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।
मधेश प्रदेशको कृषि क्षेत्रमा पनि बैंकहरुले गत आर्थिक वर्षमा ५३ अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १० अर्ब रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकहरुले ४४ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । गण्डकी प्रदेशको कृषि क्षेत्रमा बैंकहरुले ३१ अर्ब ४५ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा छ दशमलव आठ प्रतिशतले बढी हो । सुुदूरपश्चिम प्रदेशकोे कृषि क्षेत्रमा बैंकहरुले १६ अर्ब ७४ करोड ८४ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको तुलनामा १० प्रतिशतले बढी हो ।
कर्णाली प्रदेशको कृषि क्षेत्रमा बैंकहरुले सबैभन्दा कम कर्जा प्रवाह गरेका छन् । आर्थिक वर्ष २०७९÷८०मा बैंकहरुले कर्णाली प्रदेशको कृषि क्षेत्रमा जम्मा पाँच अर्ब ४९ करोड ४८ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १० दशमलव ९२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकहरुले कर्णाली प्रदेशको कृषि क्षेत्रमा चार अर्ब ९५ करोड ३९ लाख रुपैयाँ ऋण लगानी गरेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
- ट्विटर एक्स डटकम भएको मस्कद्वारा पुष्टि
- भारतीय सेयरबजारबाट बाहिरियो साढे तीन अर्ब डलर लगानी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया