घरमै मास्क लगाएर मनाए मुस्लिम समुदाय ईद–उल–फित्र पर्व
वीरगञ्ज, जेठ १३
रमदान (रमजान) महिना सकिएको खुसीयालीमा मुस्लिम समुदायले एक–अर्कामा शुभकामना साटासाट गरी सोमबार इद उल फित्र (ईद) मनाएका छन् । ईदको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा पनि दिएको थियो । ईद पर्वमा अल्लाह (भगवान)का नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लाम परम्परा छ । इस्लाम धर्मावलम्बीले मस्जिद तथा इदगाहमा भेला भएर सामूहिकरूपमा प्रार्थना गर्ने गर्थे । आपसमा अंगालो मारेर इदको शुभकामना आदान प्रदान गर्ने गर्थे । तर, विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण देशमा जारी लकडाउनले यस वर्ष मस्जिदमा सामूहिक भेला हुन रोक लगाइएको छ । त्यसैले इद उल फित्रका दिन पनि वीरगञ्जका विभिन्न ठाउँमा रहेको छपकैया, गहवा, श्रीपुर, मुर्लीलगायतका मस्जिदहरू सुनसान देखिएका थिए ।
हरेक वर्ष नयाँ बस्त्र लगाई नजिकको ईदगाह र मस्जिदमा भेला भई सामूहिक रूपमा नवाज पढेर मीठो–मीठो परिकार बनाउँदै, खाँदै हर्षाेहुलास र उत्साहका साथ मनाइने यो पर्व कोरोनाका कारण देशमा जारी लकडाउनले कठिन परिस्थितका बिच मनाइएको वीरगञ्ज छपकैयाका मोहम्मद सर्फराज अहम्मदले बताए । प्रत्येक वर्ष धुमधामका साथ इष्टमित्र, आफन्तहरू कहाँ गई एक–अर्काको घरमा बनेको मीठो परिकारको स्वाद लिँदै भाइचारा साटसाट गर्दै मनाइँदै आएको यो पर्व यस वर्ष कोरोना कहरले गर्दा वीरगञ्जका मुस्लिम समुदायहरू आफ्नै घरमा परिवारका बीच मास्क लगाई घरभित्रै नमाज पढी ईद–उल–फित्र पर्व मनाएका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- वैदेशिक रोजगारीका लागि एक महिनामा ७० हजार युवालाई श्रम स्वीकृति
- व्यवसायीहरूमा कर आतङ्क
- गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै
- ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया