राष्ट्रिय वाणिज्य बैंकको नाफा तीन अर्ब तीन करोड
काठमाडौँ जेठ १३
राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा तीन अर्ब तीन करोड ६३ लाख ९३ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा तीन अर्ब ४९ करोड ९५ लाख १० हजार रूपैयाँ रहेको थियो । चुक्ता पुँजी नौ अर्ब चार करोड ७९ लाख ५७ हजार रूपैयाँ रहेको बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुई खर्ब चार अर्ब ५७ करोड ११ लाख रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४८ अर्ब ६७ करोड ९० लाख रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा छ अर्ब ९३ करोड ३१ लाख ८१ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा चार दशमलव ६४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा बैंकले एक खर्ब ८९ अर्ब २५ करोड ५३ लाख ३५ हजार रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४२ अर्ब दुुई करोड २८ लाख रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा सात अर्ब ३७ करोड ९७ लाख रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा चार दशमलव २८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया