लुम्बिनी विकास बैंकको खुद नाफा घट्यो
काठमाडौं । लुम्बिनी विकास बैंकको खुद नाफामा गिरावट आएको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २१ करोड २२ लाख ६९ हजार सात सय ९८ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा २६ करोड १० लाख ६७ हजार दुई सय ८५ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुुँजी तीन अर्ब ५१ करोड ८१ लाख ३४ हजार एक सय ३८ रुपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासमा ५६ अर्ब आठ करोड ५६ लाख दुई हजार चार सय ६१ रुपैयाँ निक्षेप संकलन गरी ४४ अर्ब ४६ करोड १७ लाख २२ हजार नौ सय ८२ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ८५ करोड ९४ लाख ३२ हजार आठ सय ८९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ५५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा १८ लाख ६५ हजार तीन सय ३४ रुपैंयाँ रहेको बैंकको स्प्रेडदर भने चार दशमलव ५९ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने बैंकले ४९ अर्ब १३ करोड २० लाख ५९ हजार छ सय ६७ रुपैयाँ निक्षेप संकलन गरी ४१ अर्ब ४२ करोड ६० लाख ७१ हजार आठ सय ९१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ९२ करोड ९१ लाख ९८ हजार चार सय ३३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव २४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । वितरणयोग्य नाफा तीन करोड ३७ लाख ९७ हजार एक सय २४ रुपैयाँ रहेको बैंकको स्प्रेडदर भने चार दशमलव ८९ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 11
ताजा अपडेट
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
- ट्विटर एक्स डटकम भएको मस्कद्वारा पुष्टि
- भारतीय सेयरबजारबाट बाहिरियो साढे तीन अर्ब डलर लगानी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया