ग्लोबल आइएमई बैंकको विशेष आवास योजना
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विशेष आवास योजना सार्वजनिक गरेको छ । बैंकले १० वर्षसम्मको अवधिका लागि नौ दशमलव ९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम १२ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुने विशेष घर कर्जा योजना सार्वजनिक गरेको हो ।
बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी निश्चिन्त आवास योजना (घर कर्जा) सार्वजनिक गरेको जनाएको छ । साथै, उक्त विशेष घर कर्जा योजनाअन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेकाहरूले सहजरूपमा कर्जा सार्न समेत सक्नेछन् । यस विशेष घर कर्जा योजनाअन्तर्गत सेवाग्राहीले १० वर्षसम्मको अवधिका लागि नौ दशमलव ९९ प्रतिशत ब्याजदरमा, १० देखि १५ वर्षसम्मको लागि १० दशमलव ४९ प्रतिशत र १५ वर्षभन्दा बढी अवधिका लागि १० दशमलव ९९ प्रतिशतको स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म घर कर्जा लिन पाउनेछन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 11
ताजा अपडेट
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
- ट्विटर एक्स डटकम भएको मस्कद्वारा पुष्टि
- भारतीय सेयरबजारबाट बाहिरियो साढे तीन अर्ब डलर लगानी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया