दोलखाका भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तयारी
दोलखा । राष्ट्रिय भूमि आयोग दोलखाले अव्यवस्थित तथा जग्गाविहीन सुकुमवासीहरूलाई जग्गा उपलब्ध गराउने तयारी थालेको छ । आयोगले जिल्लाका चार वटा स्थानीय तहको लागत संकलन कार्य सम्पन्न गरिसकेको छ भने दुई वटा स्थानीय तहमा लालपुर्जा वितरणका लागि निस्सा समेत वितरण गरिएको जनाएको छ ।
आयोगका अनुसार भीमेश्वर नगरपालिका र गौरीशंकर गाउँपालिका जग्गाविहीन सुकुमवासीलाई लालपूर्जा वितरण गर्नका लागि निस्सा वितरण गरिएको हो । राष्ट्रिय भूमि आयोग जिल्ला समिति दोलखाले गौरीशंकर गाउँपालिकाकामा ६९ जना सुकुमवासीको पहिचानगरी निस्सा वितरण गरेको जनाएको छ । यस्तै, भीमेश्वर नगरपालिकामा २७ जनालाई लालपुर्जाको निस्सा वितरण गरेको राष्ट्रिय भूमि आयोग जिल्ला समिति दोलखाका अध्यक्ष ललितबहादुर मगरले जानकारी दिए । त्यसैगरी समितिले जिल्लाको बैतेश्वर गाउँपालिका र मेलुङ गाउँपालिकामा पनि लालपुर्जाको निस्सा वितरण गर्नको लागि छलफल सुरु गरेको छ । समितिले बुधबार बैतेश्वर गाउँपालिकासँग स्थानीय भूमिहीन सुकुमवासीलाई निस्सा वितरण गर्ने सम्बन्धमा छलफल गरेको थियो । बैतेश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेती, नापी कार्यालय दोलखाका प्रमुख सिर्जना कटुवालको उपस्तििमा निस्सा वितरण गर्ने सम्बन्धमा सो छलफल भएको हो ।
बैतेश्वर गाउँपालिकामा १६ जना जग्गाविहीन सुकुमवासी रहेकोे पाइएको छ । त्यस्तै, मेलुङ गाउँपालिकामा तीन जना सुकुमवासीको पहिचान भएको अध्यक्ष मगरले जानकारी दिए । भूमि आयोग दोलखाले बाँकी रहेका पाँच वटा पालिकामा पनि लागत संकलनको काम अन्तिम चरणमा पु¥याएको जनाएको छ । आयोगले नेपाल सरकारको स्वामित्वमा रहेको सार्वजनिकबाहेकको लामो समयदेखि बाँझो रहेको सार्वजनिकबाहेकको एक सय ३० वर्गमिटरदेखि एक हजार वर्गमिटरसम्म जग्गा प्रतिव्यक्ति सुकुमवासीलाई उपलब्ध गराउने छ ।
क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश, समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- भन्सार दर घटाउन चेम्बरले पहल गर्ने
- इरानी राष्ट्रपति इब्राहिम रइसी चढेको हेलिकोप्टर दुर्घटनास्थल ‘फेला पर्यो’
- प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिनुहुँदै
- काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु
- सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर
- सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया