सहस्राब्दी पदमार्गमा सिँढी बाटो निर्माण
गण्डकी । तनहुँको दुलेगौडादेखि स्याङ्जाको रामबाछा जोडिने सहस्राब्दी पदमार्ग (मिलेनियम ट्र्याक) अन्तर्गत पुतलीबजार नगरपालिका–१२ गैरीस्वारादेखि केघा देउराली जाने तथा तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ बाबियाडाँडा ठाँटीमा सिँढी बाटो निर्माण गरिएको छ ।
गण्डकी प्रदेश सरकारको चालू आर्थिक वर्षमा विनियोजित २० लाख रकममध्ये गैरीस्वारादेखि केघा देउरालीको दुई सय ६५ मिटर बाटोका लागि १० लाख र बाबियाडाँडा ठाँटीको दुई सय ८५ मिटर बाटोका लागि १० लाख छुट्याएर काम गरिएको मिलेनियम ट्रयाक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए । गैरीस्वारादेखि केघा देउरालीको सिँढी बाटो सोमबार गण्डकी प्रदेश सरकारका पूर्वमन्त्री सीता सुन्दासले उद्घाटन गरेका थिए ।
सन् २००० देखि सञ्चालनमा आएको नेपालकै एक मात्र मध्यपहाडी क्षेत्रको यस पदमार्गलाई व्यवस्थित गर्ने लक्ष्यका साथ पदमार्ग क्षेत्रका विभिन्न स्थानमा पूर्वाधार विकासका कामलाई प्राथमिकताका साथ अघि बढाइएको उनले राससलाई बताए ।
दुलेगौडादेखि रामबाछासम्म कूल ७२ किलोमिटर दूरीको यस पदमार्गलाई पछिल्लो नक्साङ्कनअनुसार पोखरा महानगरपापिलकासँग पनि जोडिसकिएको छ । कोभिडलगायतका कारण बीचको समय सुस्ताएको यहाँको पदयात्रा पर्यटनमा पछिल्ला समयमा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बढिरहेको उनले बताए ।
क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश
ताजा अपडेट
- प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने नर्वे, स्पेन र आयरल्यान्डको घोषणा
- सन्दीप लामिछानेले अमेरिकाको ‘भिसा पाएनन्’, क्यानले अब के गर्ला ?
- भारतसँगका पर्साका सीमानाका बन्द
- रवि लामिछाने र महान्यायाधिवक्त्ता दिनमणि पोखरेल विरुद्धको रिट दर्ता गर्न आदेश
- राष्ट्रिय वाणिज्य बैंक र मुद्रण विभागबीच सम्झौता
- पाँच बुँदे सहमतिपछि सङ्घर्ष समितिद्वारा सत्याग्रह स्थगित
- नियमन आयोगको अध्यक्षका लागि आठ जनाको आवेदन
- भरतपुर महानगर र चीनको छुङ्गसछिङ्गबीच भगिनी सम्बन्ध कायम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया