निर्माण व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिन महासंघको माग
काठमाडौं । निर्माण व्यवसायीहरूको सुरक्षालाई लिएर सरोकारवाला निकायको बारम्बार ध्यानाकर्षण गराइरहँदा समेत व्यवसायीहरूको ज्यानै लिने गरी आक्रमणका घटना भइरहेको नेपाल निर्माण महासंघले जनाएको छ ।
हालै मात्रै ललितपुर जिल्ला निर्माण व्यवसायी संघ आबद्ध बाराही निर्माण सेवाका सञ्चालक चन्द्रबहादुर लामाका छोरा तोरण कुमार लामामाथि पनि भौतिक आक्रमण भएको महासंघको भनाइ छ । लामालाई नेशन—श्री बाराही लामा जे/भीमार्फत् धादिङ जिल्ला सिद्धलेक गाउँपालिकास्थित बैरेनी पिपल नलाङ ठाँटीकमला वारी (बरबोटेदेखि भट्टराईडाँडा चौतारा खण्ड) सडक निर्माणको क्रममा गत चैत्र ८ गते स्थानीय पृथ्वी गुरुङ र राजीव गुरुङले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको महासंघले जनाएको छ । महासंघका महासचिव रोशन दाहालले विज्ञप्ति जारी गरी घटनामा संलग्न आक्रमणकारीलाई तत्काल पक्राउ गरी प्रचलित ऐन नियमबमोजिम कारबाही गर्न माग गरेका छन् ।
साथै, देशभरका निर्माण व्यवसायीहरूसहित उनीहरूको निर्माण उपकरणहरूको सुरक्षाको पूर्ण प्रत्याभूति गर्न महासंघले सरोकारवाला निकायसँग आग्रह गरेको छ । अब पनि व्यवसायीमाथिको आक्रमण बन्द नभएमा पेसागत सुरक्षार्थ महासंघ सशक्त कदम चल्न बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 9
ताजा अपडेट
- राजधानीमा पाँचौँ राष्ट्रिय मह मेला
- मोरङ व्यापार संघको अध्यक्षमा अनुपम राठी निर्विरोध
- पठाओले थप्यो कार प्लस सुविधा
- भिभो वाई ०३ नेपाली बजारमा
- टोफिको तड्का इमली बजारमा
- कोका–कोला युथ डायलगको तेस्रो संस्करण
- निकुञ्ज क्षेत्रबाट तीन ट्र्याक्टर फोहर संकलन
- प्रभु बैंकका ग्राहकलाई गणेशमान सिंह मेमोरियल हस्पिटलमा छुट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया