Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमोरङ व्यापार संघको अध्यक्षमा अनुपम राठी निर्विरोध

मोरङ व्यापार संघको अध्यक्षमा अनुपम राठी निर्विरोध


काठमाण्डौं । मोरङ उद्योग व्यापार संघको अध्यक्षमा युवा उद्योगी अनुपम राठी निर्विरोध निर्वाचित भएका छन् । सोमबार सम्पन्न संघको ३४औँ कार्यसमिति सदस्यहरूको निर्वाचनबाट उनी निर्विरोध निर्वाचित भएका हुन् । नवनिर्वाचित अध्यक्ष राठी, प्रिमियर स्टिल कम्पनी तथा ए के राठी ग्रुपका डाइरेक्टर समेत हुन् ।

संघको विधान/नियमावलीअनुसार वाणिज्यतर्फ आठ जना र उद्योगतर्फ आठ जना सदस्यको लागि निर्वाचन भएकोमा त्यही संख्याको उम्मेदवारी दर्ता हुन गई सोही उम्मेदवाहरू संघको ३४औँ कार्य समितिका लागि निर्विरोध निर्वाचित भएका थिए । संघको नवगठित ३४औँ कार्यसमितिको बैठकले पदाधिकारीहरूको समेत चयन गरेको छ । बैठकले संघको वरिष्ठ उपाध्यक्षमा अनिल कुमार साह, वाणिज्य उपाध्यक्षमा अनिल सारडा, उद्योग उपाध्यक्षमा विकास कुमार बेगवानी, महासचिवमा सञ्जय कुमार श्रेष्ठ, सचिवमा अमित कुमार शारदा, कोषाध्यक्षमा राजेशकुमार अग्रवाल तथा प्रवक्ताका रूपमा दिपेश सुवेदीलाई चयन गरेको छ ।

बैठकमा संघको नियमबमोजिम सम्बद्ध क्षेत्र (वस्तुगत) तर्फबाट गोपाल अग्रवाल र ओमप्रकाश शर्मा, संघका शाखाका तर्फबाट कृष्णप्रसाद रिजाल र नवनिर्वाचित अध्यक्षबाट बन्दना जैन र धिरज मोहतालाई मनोनयन गरी २१ सदस्यीय कार्यसमिति बनाइएको छ । संघको नियमबमोजिम निवर्तमान अध्यक्ष नवीन रिजाल सो समितिको पदेन सल्लाहकारमा चयन भएका छन् । ३४औँ कार्यसमितिले विनोद बोहरा, डा दीपेन्द्र नौलखा, पंकज गोयल र सञ्जीव श्रेष्ठलाई आमन्त्रित सदस्यको रूपमा मनोनयन गरेको छ । साथै, संघको युवा उद्यम समितिको संयोजकमा अमित अग्रवाल र महिला उद्यम समितिको संयोजकमा श्रुति शर्मालाई मनोनयन गरेको मोरङ उद्योग व्यापार संघले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया