Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभिभो वाई ०३ नेपाली बजारमा

भिभो वाई ०३ नेपाली बजारमा


काठमाण्डौं । भिभोले मातातीर्थ औंसीको अवसर पारेर स्लिक डिजाइन, शक्तिशाली कार्यसम्पादन र लामो समयसम्म चल्ने ब्याट्रीको मिश्रण, भिभो वाई ०३ बजारमा सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार ४+४ जीबीको एक्सटेन्डेड र्याम र ६४ जीबीकोे जीबीकोे भण्डारण क्षमता रहेकोे यस फोनको मूल्य १३ हजार चार सय ९९ रुपैयाँ रहेको छ । सोमबारबाटै देशभरका आधिकारिक रिटेल स्टोर र दराज अनलाइनमार्फत एकैपटक सार्वजनिक भएको यस फोनले सम्पूर्ण देशवासीको हृदय कब्जा गर्ने कम्पनीको दाबी छ । भिभो वाई ०३ मा ९० हर्जको रिफ्रेस रेटको साथ छ दशमलव ५६ इन्चको इमर्सिभ डिस्प्ले रहेको छ । यस्तै, विश्वसनीय मिडिया टेक हेलिओ जी ८५ प्रोसेसरद्वारा सञ्चालित यो फोनमा प्रयोगकर्ताहरूले कुशल मल्टिटास्किङ र सहज कार्यसम्पादनको आनन्द लिन सक्छन् । यसैगरी भिभो वाई ०३ को ठूलो ५००० एम ए एच ब्याट्री र उत्कृष्ट १५ वाटको फ्ल्यास चार्जले दिनभरी उपयोग गर्न सकिने ग्यारेन्टी प्रदान गर्छ । नवीनतम एन्ड्रोइड १४ अपरेटिङ सिस्टममा आधारित फन टच ओएस १४ मा चलिरहेको यो फोनले प्रयोगकर्ताहरूलाई सुविधाजनक अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।

भिभो वाई ०३ मा डुअल १३ एमपी रियर क्यामेरा सेटअप रहेको छ । सेल्फी र भिडियो कलका लागि ५ एमपी फ्रन्ट क्यामेरा पनि समावेश गरिएको छ । साथै, भिभोले हरेक आमाहरूको सम्मानमा अर्को एक विशेष अफर ल्याएको छ । भिभो वाई ०२ टि अब १२ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध छ । यस आमाको मुख हेर्ने दिन, आफ्नी आमालाई भिभोको स्मार्टफोन उपहार दिएर अनुहारमा मुस्कान ल्याउन कम्पनीले आग्रह गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया