बीमा कम्पनीहरूले संकलन गरे एक खर्ब २४ अर्ब बीमाशुल्क
सु काठमाडौं । बीमाशुल्क आर्जन सामान्य बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म सञ्चालनमा रहेका १४ वटा निर्जीवन र १४ वटा जीवन बीमा गरी २८ वटा बीमा कम्पनीहरूले कुल एक खर्ब २४ अर्ब ८५ करोड ९० लाख ९५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार दशमलव ४० प्रतिशतले बढी हो । गतवर्ष आठ महिनामा बीमा कम्पनीहरूले एक खर्ब १९ अर्ब ५९ करोड ८६ लाख १२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।
प्राधिकरणका अनुसार यस आर्थिक वर्ष फागुन मसान्तसम्म जीवन बीमा कम्पनीहरूले ९८ अर्ब ५९ करोड छ लाख ६१ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पाँच दशमलव १९ प्रतिशतले बढी हो । गतवर्ष फागुनसम्म जीवन बीमा कम्पनीहरूको बीमाशुल्क आर्जन ९३ अर्ब ७२ करोड ५२ लाख ५२ हजार रुपैयाँ थियो । चालू आर्थिक वर्षको फागुन मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले आर्जन गरेको कुल निर्जीवन बीमाशुल्क २६ अर्ब २६ करोड ८४ लाख ३४ हजार रुपैयाँ पुगेको छ । प्राधिकरणका अनुसार यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक दशमलव ५३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क आर्जन रकम २५ अर्ब ८७ करोड ३० लाख ६० हजार रुपैयाँ थियो ।
प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले जारी गरेको बीमालेखको संख्या बढेको छ भने जीवन बीमा कम्पनीहरूको घटेको छ । जीवन बीमा कम्पनीहरूले फागुन मसान्तसम्म एक करोड ३८ लाख सात हजार दुई सय ४९ वटा बीमालेखहरू जारी गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक दशमलव ३९ प्रतिशतले कम हो । गतवर्ष फागुनसम्म जीवन बीमा कम्पनीहरूले एक करोड ४० लाख एक हजार पाँच सय ७७ वटा बीमालेख जारी गरेका थिए । चालू आर्थिक वर्षको फागुन मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले भने १० लाख ५९ हजार तीन सय ८६ वटा बीमालेख जारी गरेका छन् । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार दशमलव ४२ प्रतिशतले बढी हो । प्राधिकरणका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरूले कुल १८ लाख ७६ हजार चार सय ५३ वटा बीमालेख जारी गरेका थिए ।
गत फागुन मसान्तसम्म बीमाको दायरामा आएको कुल जनसंख्यामा म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखको संख्या ४३ दशमलव १६ प्रतिशत छ । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य कम हो । गतवर्ष फागुनमा बीमाको दायरामा आएको कुल जनसंख्यामा म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखकोे संख्या ४४ दशमलव शून्य पाँच प्रतिशत रहेको प्राधिकरणको भनाइ छ ।
क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 1
ताजा अपडेट
- विश्व रेडक्रस दिवस र नेपाल
- आयु बढ्दाको खुसी
- समसामायिक राजनीतिक व्यङ्ग्य
- राष्ट्र बैंकको नियतमै खोट
- स्मार्ट टेलिकमको घोटाला छानबिन गर्न माग
- पेमेन्ट गेटवे प्रकरणमा पौडेललाई ९ वर्ष कैद र २३ करोड जरिबाना
- डीएसपी थापा र बिचौलिया मालीको सेटिङमा जाहेरी नै गायब !
- सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस् : प्रधानमन्त्री
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया