मार्च महिनामा ओपेक मुलुकको तेल उत्पादन घट्यो
काठमाडौं । पेट्रोलियम निर्यात गर्ने देशहरु (ओपेक)ले मार्च महिनामा तेल उत्पादन घटाएका छन् । मार्च महिनामा ओपेक राष्ट्रहरुले प्रतिदिन २६ दशमलव ४२ मिलियन ब्यारेल पम्प गरेका थिए । जुन फेब्रुअरी महिनाको तुलनामा ५० हजार ब्यारेल कम हो ।
ओपेकका सदस्यहरु, रसिया र अन्य मुलुकले आपूर्ति कटौती आगामी जुन महिनाको अन्त्यसम्म जारी राख्ने सम्बन्धमा सहमति जनाएका थिए । बुधबार ओपेक प्लस प्यानलका मन्त्रीस्तरीय उत्पादन समीक्षा हुने बताइएको छ । तर, जुन महिनामा हुने अर्को पूर्ण बैठकअघि कुनै पनि नीति परिवर्तन हुने अपेक्षा गरिएको छैन । मार्च महिनामा सबैभन्दा ठूलो उत्पादन कटौती इराक र नाइजेरियाबाट भएको थियो । इराकले फेब्रुअरीदेखि ओपेकको लक्ष्यभन्दा माथिको आँकडामा निर्यात घटाउने प्रतिज्ञा गरेको थियो । नाइजेरियाले पनि उत्पादन घटाएको छ र निर्यातमा तीव्र गिरावट आएको छ ।
खाढी उत्पादकहरु साउदी अरेबिया, कुवेत र संयुक्त अरब इमिरेट्सले आफ्नो स्वेच्छिक लक्ष्यको नजिक उत्पादन राखेका थिए । अमेरिकी प्रतिबन्धका बीच पनि इरानले पाँच वर्षकै उच्चस्तरको नजिक तेल पम्प गरिरहेको छ ।
मार्चमा कुनै पनि ओपेक देशबाट उत्पादन उल्लेख्य बढाउने काम भएको छैन । लिबियाले फेब्रुअरीमा उत्पादन कटौती गरेकामा मार्चमा २० हजार ब्यारेल प्रतिदिन थपेका कारण उत्पादन सामान्य अवस्थामा फर्किएको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- जलवायु परिवर्तनका कारण हिमालमा बढी असर: उपप्रधानमन्त्री श्रेष्ठ
- एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण
- सोलुखुम्बुको स्वास्थ्य कार्यालय भवन सम्पन्न
- कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राख्न जिल्ला अदालत धनुषाको अनुमति
- गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने मागसहित कांग्रेस सडकमा उत्रिने
- बजारको उकालो यात्रा अझै जारी
- सिरोहिया अदालती प्रक्रियाबाट पक्राउ परेका हुन्: प्रधानमन्त्री
- भूकम्पबाट जोखिमयुक्त बनेका संरचना भत्काउन निर्देशन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया