सगरमाथा इन्स्योरेन्सको साधारणसभा सम्पन्न
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को २७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले अध्यक्ष मनोहर दास मूलको सभापतित्वमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले सञ्चालक समितिको २७औं वार्षिक प्रतिवेदन २०७९/८० पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित साविक सगरमाथा इन्स्योरेन्स कम्पनी तथा कम्पनी गाभिएपछि कायम हुन आएको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको २०८० साल असार मसान्तको वासलात, आर्थिक वर्ष २०७९/८० को नाफा हिसाब तथा नगद प्रवाह विवरण र अनुसूचीहरू पारित गरेको छ । सभाले लेखापरीक्षकको प्रतिवेदनसहित साबिकको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको कम्पनी गाभिनुभन्दाअघि मिति २०७९ फागुन २८ गतेसम्मको बासलात, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह बी अनुसूचीहरू पारित गर्ने, सञ्चालक समितिले सिफारिस गरेबमोजिम आर्थिक वर्ष २०७९/८० को मुनाफामध्येबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको पाँच प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले लेखापरीक्षण समितिको सिफारिसबमोजिम आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने, स्वतन्त्र सञ्चालकमा निर्मला देवी मानन्धरलाई गरिएको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीका अनुसार सभामा १७ जना सेयरधनीहरूले आफ्नो मन्तव्य राखेका थिए । यसबाहेक सभाले कम्पनीको सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकहरूमध्ये कम्पनीको नियमावलीको व्यवस्थाबमोजिम वैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्स पिएलसी श्रीलंकाबाट अजिथ रोहण गुणवर्द्धना मनोनित भएका छन् । यीबाहेक बाँकी तीन जना सञ्चालकहरूमा मनोहरदास मूल, लोकमान्य गोल्छा र सिद्धार्थमणि राजभण्डारी र सर्वसाधारण सेयरधनी समूहबाट अरुणराज श्रेष्ठ र विजन भट्टराईलाई निर्विरोध निर्वाचित गरेको छ ।
क्याटेगोरी : बिबिध
ट्याग : #Page 9
ताजा अपडेट
- कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगन
- कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन
- सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
- तीन विदेशी महिला दुई केजी छ सय ५४ ग्राम लागुऔषधसहित पक्राउ
- विकासलाई अगाडि बढाउन राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ: अध्यक्ष ओली
- आन्दोलनरत आम सम्पर्क मञ्च र भन्सा कार्यालय बिच बार्ता
- पूर्वप्रधानसेनापति सिंहको निधन
- भारतद्वारा इरान बन्दरगाह सम्झौतामा अमेरिकी प्रतिबन्धको धम्की अस्वीकार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया