सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा उदयपुरमा कृषि, पशुपन्छी बीमा अभिकर्ता तालिम
काठमाडौं । सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी लिमिटेड (सलिको)ले उदयपुर जिल्लास्थित गाईघाटमा कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तथा क्षति मूल्याङ्कनकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले उक्त तालिम चैत्र २३ गतेबाट सञ्चालन गरी चैत्र २६ गते सम्पन्न गरेको जनाएको छ ।
उक्त तालिममा उदयपुर, खोटाङ तथा सप्तरी जिल्लाबाट सहभागीहरूले सहभागिता जनाएका थिए । तालिममा कृषि, पशुपन्छी तथा जडिबुटी बीमालेखलगायत बीमाका सिद्धान्त, जोखिम तथा जोखिम न्यूनीकरण र व्यवस्थापन, बीमा ऐन तथा क्षति मूल्याङ्कनहरूको विषयमा तोकिएको पाठ्यक्रममा आधारित रही बीमा अभिकर्ता तथा क्षति मूल्यांकनकर्ता तालिम तथा परीक्षा सम्पन्न गराइएको कम्पनीका कृषि विभाग प्रमुख तथा कार्यक्रम संयोजक उमेश ढकालले जानकारी गराए ।
तालिममा सहभागीहरूसँग तालिम सुरु हुनुपूर्व तथा तालिम सम्पन्नपश्चात् परीक्षा लिई योग्य सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको सलिकोका कोशी प्रदेश प्रमुख नारायण गौतमले जनाएका छन् । तालिम सम्पन्न भएपश्चात सहभागीहरूको तर्फबाट शेरबहादुर कार्कीले तालिम सञ्चालन गरेकोमा कम्पनीका प्रतिनिधिलाई धन्यवाद व्यक्त गर्दै यस्ता तालिमले आगामी दिनहरूमा कृषि बीमालाई घर–घरमा पु¥याउन ठूलो जनशक्ति तयार हुने र भइपरी आउने जनधनको क्षतिलाई बीमामार्फत न्यूनीकरण गर्न सकिने विश्वास व्यक्त गरे ।
उक्त तालिममा अभिकर्ता तथा क्षति मूल्याङ्कनकर्ता गरी जम्मा २७ जना सहभागीहरूका साथै कम्पनीका गाईघाट शाखा प्रमुख डीबी कटुवाललगायत अन्य कर्मचारीहरूको समेत सहभागिता रहेको जनाइएको छ ।
क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सामुदायिक वनमा अवैधरुपमा सालका रुख कटानी
- सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन
- मन्त्री भण्डारीद्वारा बैतडीमा व्यावसायिक कफीखेतीको शुभारम्भ
- मदन र आश्रितको शालिकमा माल्यार्पणसहित श्रद्धाञ्जलि
- दोलखाका तीन सहकारीले डाके विशेष साधारणसभा
- नेपालमा लगानी भित्र्याउन कोरियाली राजदूतसँग आग्रह
- बैंकको ब्याज मुद्रास्फीतिकै विन्दुमा, किन बढेन कर्जाको माग ?
- अत्यासलाग्दो आगलागीको कारण र निराकरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया