Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी बैंकले भाइबर र फेसबुकबाट खाता खोल्दा नगद फिर्ता दिने

एनएमबी बैंकले भाइबर र फेसबुकबाट खाता खोल्दा नगद फिर्ता दिने


काठमाडौं, जेठ २८
एनएमबी बैंकले भाइबर र मेसेन्जरमार्फत खोल्दा रकम फिर्ता दिने भएको छ । बैंकले यसरी खाता खोल्दा पहिलो पटकको मोबाइल बैंकिङ कारोबारमा १० प्रतिशत छुट वा पाँच सय रूपैयाँसम्मको नगद फिर्ता दिने योजना ल्याएको हो । यसअन्तर्गत दैनिक उपभोग्य वस्तुको भुक्तानी, टपअप र स्क्यान टु पे भुक्तानीमा पनि छुट र नगद फिर्ताको व्यवस्था उपलब्ध बैंकले जानकारी दिएको छ ।

योजनाअन्तर्गत वर्तमान कोभिडको परिवेशमा आफ्ना ग्राहक वर्गको लागि सावधानीपूर्वक मोबाइल बैंकिङ सेवाहरू प्रयोग गर्न प्रोत्साहित गरिएको छ । डिजिटल बैंकिङ सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकवर्गलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको छ र हामी घरमै बसी ढुक्कसँग बैंकिङ गतिविधिहरू रोज्न सक्ने उपयुक्त माध्यम निर्माण गर्ने कार्यदिशातर्फ उन्मुख छौँ । आफ्ना मूल्यवान ग्राहकवर्गलाई बैंकिङ अनुभवहरू परिष्कृत भएको महसुस गर्न भाइबर र म्यासेन्जरकै प्रयोगले खाता÷मुद्धती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरू ल्याइएको हो, बैंकले विज्ञप्तिमार्फत भनेको छ ।

‘हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौताबिना ग्राहकवर्गलाई वित्तीय सेवाहरू छनौट गर्न सहयोग पु¥याउने सुरक्षित वातावरण तयार पार्नु हो’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ । बैंकले चालू आर्थिक वर्षको पछिल्लो अवधिमा एक अर्ब ८८ करोड ३२ लाख ८३ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ६५ करोड ११ लाख २६ हजार रूपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १३ अर्ब ९५ करोड नौ लाख ८७ हजार रूपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब २७ अर्ब ९३ करोड आठ लाख ९७ हजार रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब १५ अर्ब ५६ करोड ६६ लाख २८ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब २९ करोड ५७ लाख ७७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुुई दशमलव ४८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

बैंकले गत आवको सोही अवधिमा ९७ अर्ब ८९ करोड २३ लाख दुई हजार रूपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब ४८ करोड ५० लाख ३१ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब नौ करोड ४१ लाख ९९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ७९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया