नेपाल बैंकको एक करोड ४७ लाख कित्ता बोनस सूचीकृत
काठमाडौं, असार ८
नेपाल बैंक लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकृत भएको छ । नेप्सेका अनुसार आइतबार नेपाल बैंकको एक करोड ४७ लाख १६ हजार सात सय २२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बैंकको पछिल्लो पटक प्रतिकित्ता दुुई सय ३७ रूपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको छ । बजार पुँजीकरण २६ अर्ब ७४ करोड दुुई लाख ८३ हजार चार सय रूपैयाँ पुुगेको छ । बैंकको नेपाल स्टक एक्सजेन्जमा भने एक सय रूपैयाँ अंकित मूल्य कायम रहेको ११ अर्ब २८ करोड २८ लाख २० हजार रूपैयाँ बराबरको ११ करोड २८ लाख २८ हजार दुुई सय कित्ता सेयर सूचीकृत भएको छ ।
बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ९९ करोड ६५ लाख ८३ हजार एक सय ५१ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा दुुई अर्ब २४ करोड ५५ लाख ७६ हजार आठ सय ४१ रूपैैयाँ रहेको थियो । चुक्ता पुँजी नौ अर्ब ८१ करोड ११ लाख ४८ हजार रूपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब २२ अर्ब ७० करोड तीन लाख ६६ हजार पाँच सय ५७ रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब एक अर्ब ६७ करोड ८६ लाख छ हजार एक सय २३ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब २१ करोड ८२ लाख ४६ हजार सात सय रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुुई दशमलव ६४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा बैंकले एक खर्ब १७ अर्ब २० करोड सात लाख ८८ हजार नौ सय ३८ रूपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ४२ करोड १६ लाख ३७ हजार दुुई सय ५९ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब ७२ करोड ५२ लाख ५५ हजार तीन सय ८४ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुुई दशमलव ७७ प्रतिशत कर्जा रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया