बाँझो जग्गामा वृक्षरोपण, जहाँ वन त्यहाँ व्यवस्थापन
विराटनगर, असार १५
‘बाँझो जग्गामा वृक्षरोपण र जहाँ वन त्यहाँ व्यवस्थापन’ नाराका साथ मोरङमा असार १ देखि अहिलेसम्म आठ लाख बिरुवा वितरण एवं रोपणको काम भएको छ । नेपाल सरकारले आर्थिक वर्ष २०७६/७७ लाई वृक्षरोपण वर्ष घोषणा गरेअनुरूप देशभरमा पाँच करोड बिरुवा रोप्ने लक्ष्य लिएकामा मोरङमा यस अवधिमा डिभिजन वन कार्यालय मोरङसहित १६ वटा वन कार्यालयका नर्सरीबाट नौ लाख ३३ हजार बिरुवा उत्पादन भई आठ लाख बिरुवा निःशुल्क वितरण भएको डिभिजन वन कार्यालयका प्रमुख विशाल घिमिरेले जानकारी दिए ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश नं १ का कर्मचारी अनिरुद्र साहले प्रदेशमा फलफूल तथा जडीबुटीबाहेक ४२ लाख बोटबिरुवा उत्पादन एवं वितरण भएको जानकारी दिए । उनले पहाडी क्षेत्रमा प्रशस्त बोटबिरुवा एवं जङ्गल क्षेत्र रहेकाले यस क्षेत्रका मानिसको उत्पादन दिने र बजारमा लगेर बिक्री गर्ने खालको फलफूलका बोटबिरुवाको माग बढी रहेको जानकारी दिए ।
मोरङको सबैभन्दा उत्कृष्ट तथा ठूलो सब डिभिजन वन कार्यालय सलकपुरबाट एक लाख बिरुवा उत्पादन भई वितरण भएको प्रमुख लालबहादुर माझीले जानकारी दिए । राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा आइतबार मोरङको सुन्दर हरैंचा नगरपालिका वडा नं ७ तथा केराबारी गाउँपालिका वडा नं ८ लाई छुने १३ दशमलव पाँच हेक्टर वन क्षेत्र जग्गामा वृक्षरोपण सुरु भएको छ ।
गत असोजदेखि अहिलेसम्म १० हेक्टर जग्गामा वृक्षरोपण सम्पन्न भएको छ भने बाँकी क्षेत्रमा आजदेखि तीव्र गतिमा वृक्ष रोपणको काम सुरु भएको छ । खयर, सिसौ, बाँस, जडीबुटी, लिची, कटहर, कुरिलो, सजीवन, मसला र केही फलफूलका बिरुवा रोपण भएपछि नजिकै रहेको लोहन्द्र नदीको कटान कम हुने र वन क्षेत्र विस्तार हुने डिभिजन प्रमुख घिमिरेले बताए । उनले पूर्व–पश्चिम राजमार्गको तल दक्षिणी क्षेत्रमा वनले नछुने सार्वजनिक जग्गा, मठमन्दिर र नदी किनारमा वृक्षरोपणको कामलाई तीव्रता दिएमा यस क्षेत्रमा हरियाली विस्तार हुने र जङ्गल क्षेत्र बढ्नाका साथै पर्यावरण र वातावरण राम्रो हुने बताए ।
आइतबार नै मोरङकै सुन्दर हरैंचा, बेलबारी, लखनतरी, कटहरीजस्ता ठाउँमा व्यापक वृक्षरोपण अभियान सञ्चालन भएका छन् । यसैबीच सबडिभिजन वन कार्यालय कानेपोखरीमा १५ लाख रूपैयाँको लागतमा अत्यन्त व्यवस्थित र आधुनिक नर्सरी निर्माण गरिएको छ । स्थानीय जनतालाई लक्ष्य गरी तीन लाख बोटबिरुवा उमार्न बनाइएको सो नर्सरीमा अहिले ५५ हजार बोटबिरुवा रहेको कार्यालय प्रमुख तुलसीप्रसाद यादवले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया