नेपाल स्टक एक्सचेन्ज र आईसीएफसी फाइनान्सबीच सम्झौता
काठमाडौं, असार १८
नेपाल स्टक एक्सचेन्ज लिमिटेड र आईसीएफसी फाइनान्स लिमिटेडबीच सम्झौता भएको छ । दुुवै संस्थाबीच प्रतिऋणपत्र अङ्कित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको दुुई लाख थान १२ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८३ सूचीकरण गर्ने सम्झौता भएको हो ।
सम्झौतामा नेपाल स्टक एक्सचेन्ज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र आईसीएफसी फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले हस्ताक्षर गरेका हुुन । फाइनान्सले सर्वसाधारण समक्ष ग्लोबल आईएमई क्यापिटल लिमिटेड मार्फत् दुुई लाख थान १२ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८३ खुला बिक्री आह्वान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको दुुई लाख थान ऋणपत्र वितरण भई नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण भएको छ । फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १० करोड ७३ लाख ७० हजार एक सय ९१ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा १० करोड ९५ लाख ७६ हजार सात सय ६४ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ९२ करोड ६५ लाख दुुई हजार रुपैयाँ रहेको फाइनान्सले चालू आवको चैत मसान्तसम्ममा ११ अर्ब ६२ करोड ४४ लाख २३ हजार नौ सय २२ रुपैयाँ निक्षेप संकलन गरी नौ अर्ब सात करोड ५० लाख ६५ हजार आठ सय २१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३२ करोड ७१ लाख ८३ हजार पाँच सय २५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा शून्य दशमलव ६५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने कर्जा तथा निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड दर ) चार दशमलव ९० प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले १० अर्ब ९३ करोड २८ लाख ७१ हजार पाँच सय एक रुपैयाँ निक्षेप संकलन गरी आठ अर्ब १४ करोड ५५ लाख १९ हजार चार सय ४९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २६ करोड ७० लाख दुुई सय ५७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा शून्य दशमलव ३८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ६० प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया