काठमाडौं, असार २२
नागरिक लगानी कोषको लाभांश वितरणको प्रस्ताव पारित भएको छ । कोषको शनिबार सम्पन्न भएको २५औं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट २२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो । कोषले उक्त सभामार्फत बोनस सेयर वितरणपश्चात् कायम हुुने चुक्ता पुँजीमा एक बराबर ८२ दशमलव ८४ प्रतिशतको अनुुपातमा हकप्रद सेयर जारी गर्ने समेतको प्रस्ताव पारित गरेको छ ।
सभामा कोष सञ्चालक समितिका अध्यक्ष प्राडा रामचन्द्र भट्टराईले कोषको आर्थिक वर्ष २०७५ र ७६ को करपछिको खुद नाफा ४६ करोड २३ लाख रुपैयाँ रहेको जानकारी दिए । उक्त रकमबाट नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४० र ४१ मा भएको व्यवस्थाअनुसार नौ करोड २४ लाख ५७ हजार साधारण जगेडामा राखी बाँकी रकममध्येबाट आव २०७५ र ७६ मा २२ प्रतिशत बोनस सेयर र एक दशमलव १६ प्रतिशत नगद लाभांश छुट्ट्याइएको समेत अध्यक्ष भट्टराईले बताए ।
सो अवसरमा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषको कार्यलाई प्रभावकारी बनाउन व्यवस्थापन पक्ष सक्रिय रहेकोमा जोड दिए । कोरोना (कोभिड–१९) लाई ध्यानमा राख्दै कोषले न्यून सेयरधनीको उपस्थितिमा सभा आयोजना गरेको थियो । सो अवसरमा सेयरधनीरुले कोषले नयाँ भवन बनाएकोमा खुशी व्यक्त गरेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया