काठमाडौं, असार २२
एनएमबी बैंक लिमिटेडले विशेष साधारणसभा सम्पन्न गरेको छ । बैंकको आइतबार सम्पन्न विशेष साधारणसभाले क्षेत्रीयस्तरको कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गर्नेसम्बन्धी प्रस्ताव पारित गरेको छ । कञ्चनको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको सेयर मूल्य अनुपात १००ः ८५ लाई उक्त विशेष साधारणसभाले स्वीकृति प्रदान गरेको छ । जसअनुसार कञ्चन डेभलपमेन्ट बैंकका सेयरधनीहरूले कञ्चन डेभलपमेन्ट बैंकको १०० कित्ताबराबर एनएमबी बैंक लिमिटेडको ८५ कित्ता सेयर प्राप्त गर्नेछन् ।
सुदूरपश्चिम क्षेत्रमा बलियो उपस्थिति रहेको कञ्चनलाई प्राप्ति गरेपश्चात् बैंकको चुक्ता पुँजी १४ अर्ब ४५ करोड पुग्नेछ भने रिजर्भ सात अर्ब पाँच करोड रुपैयाँ पुग्नेछ । साथै, शाखा कार्यालयहरूको संख्या एक सय ८४ तथा एक्टेन्सन काउन्टरहरूको संख्या आठ पुग्नेछ । बैंकको सुदूरपश्चिम प्रदेशमा शाखाहरूको संख्या २४ पुग्नेछ । कञ्चनको प्राप्तिले राष्ट्रको प्रादेशिक संरचनामा एनएमबी बैंकको सन्तुलित वित्तीय पहुँचको मार्गचित्र कोर्न नयाँ आयाम थपिएको छ जसबाट ग्रामीण तथा सहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने उद्देश्य रहेको बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया