ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा भट्ट नियुक्त
काठमाडौं, असार २६
ज्योति विकास बैंकको सञ्चालक समितिको बिहीबार बसेको बैठकल श्रीचन्द्र भट्टलाई प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरेको छ । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत भट्टले यही आउँदो साउन सात गते बुधबारदेखि आफ्नो कार्यभार सम्हाल्ने बैंकले जनाएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका भट्टको बैंक, बीमा र रेमिट गरी आर्थिक क्षेत्रमा दुुई दशकभन्दा बढीको अनुभव रहेको छ ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत भट्टले नेपाल इन्भेष्टमेन्ट बैंकमा सहायक महाप्रबन्धक, मेगा बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत र आईएमई लाइफ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यभार सम्हालेका थिए । भट्टको विभिन्न क्षेत्रमा उच्चस्तरीय र सशक्त अनुभव रहेको छ ।
हाल ज्योतिले एक सय पाँचवटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ५८ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ । हालसम्म बैंकले तीन लाखभन्दा बढी खाताबाट करिब ३५ अर्ब निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई करिब ३० अर्ब रुपैयाँ लगानी गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया