अमेरिकन एयरलाइन्सले २५ हजार कर्मचारी कटौती गर्ने
वासिङटन डीसी, साउन २
अमेरिकन एयरलाइन्सले अग्रपङ्िक्तमा रहेर काम गर्ने झण्डै २५ हजार कर्मचारीलाई रोजगारीबाट निकाल्ने चेतावनी दिएको छ । कोरोनाभाइरसको महामारीका कारण सेवा प्रवाहमा अत्यधिक कमी आएकाले कर्मचारीहरु कटौती गर्नुपर्ने बाध्यता रहेको कम्पनीले जनाएको छ । निष्काशित हुन लागेकामध्ये झण्डै २९ प्रतिशत कर्मचारीहरु अमेरिकी रहेको पनि कम्पनीका अधिकारीहरुले जानकारी दिएका छन् । पदमुक्त हुन लागेका कर्मचारीहरुलाई दुई बर्षभन्दा बढीको विदा लिन वा अग्रिम अवकास लिन आग्रह पनि गरिएको छ । ‘कोरोनाभाइरसबाट संक्रमितहरुको संख्या घटेको छैन, कतिपय राज्यहरुले निषेधात्मक व्यवस्थाहरुलाई फेरि सक्रिय बनाउन थालेका छन्, त्यसैले तत्काल पर्याप्त हवाई सेवा सञ्चालनमा आउने देखिँदैन’, कम्पनीका प्रमुख कार्यकारी अधिकृत डोङ पार्कर र अध्यक्ष रोबर्ट इसोमले भने ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पेमेन्ट गेटवे प्रकरणमा पौडेललाई ९ वर्ष कैद र २३ करोड जरिबाना
- डीएसपी थापा र बिचौलिया मालीको सेटिङमा जाहेरी नै गायब !
- सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस् : प्रधानमन्त्री
- चौबिस दिनमा आगलागी, डढेलो र चट्याङबाट सत्ताइस जनाको मृत्यु
- पहाडी र तराई क्षेत्रका केही स्थानमा वर्षा हुने
- आज श्रद्धापूर्वक मातातीर्थ औँसी मनाइँदै
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया