काठमाडौं, साउन ४
यस साता सेयर बजार परिसूचक १३ सय ९४ दशमलव ७७ अंकमा पुगेर रोकिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई सय ९५ दशमलव छ अंकमा पुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा एक सय ६६ कम्पनीहरुको कारोबार भएका छन् । जसअनुसार ७९ हजार दुई सय नौ वटा कारोबारमा एक करोड ६१ लाख सात हजार पाँच सय ७८ कित्ता सेयर खरिद बिक्री हुंदा कारोबार रकम पाँच अर्ब ३९ करोड ६६ लाख १३ हजार आठ सय ८८ रुपैयाँ पुगेको छ । कारोबार रकम गत साताको तुलनामा बढी हो ।
गत भने साता धितोपत्र बजारमा एक सय ६० कम्पनीहरुको कारोबार भएका थिए । जसअनुसार ९० हजार दुई सय दुई वटा कारोबारमा एक करोड ३६ लाख २६ हजार दुई सय ५३ कित्ता सेयर खरिद बिक्री हुंदा कारोबार रकम पाँच अर्ब १६ करोड दुई लाख छ हजार ६६ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुल्ला रहेको थियो । जसअनुसार पाँचै दिन सेयर बजार परिसूचक उकालो लागेको थियो ।
पहिलो दिन बजार परिसूचक नौ दशमलव दुई अंकले बढेर १३ सय ४० दशमलव २९ विन्दुमा चढेको थियो । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ९३ अंकले उकालो लागेर दुई सय ८१ दशमलव ४२ अंकमा चढेको थियो । दोस्रो दिन पनि बजार परिसूचक दुई दशमलव १२ अंकले बढेर १३ सय ४२ दशमलव ४० विन्दुमा चढेको थियो ।
क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ८१ बढेर दुई सय ८२ दशमलव २३ अंकमा चढेको थियो । तेस्रो दिन पनि बजार परिसूचक उकालो लागेको थियो । उक्त दिन बजार परिसूचक पाँच दशमलव चार अंकले उकालो लागेर १३ सय ४७ दशमलव ४४ अंकमा चढेकोमा सेधन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९५ अंकले उकालो लागेर दुई सय ८४ दशमलव १८ अंकमा चढेको थियो ।
चौथो दिन भने बजार परिसूचक १४ दशमलव नौ अंकले उकालो लागेर १३ सय ६२ दशमलव २४ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव छ अंकले उकालो लागेर दुई सय ८८ दशमलव २४ अंकमा चढेको थियो । अन्तिम कारोबार दिन पनि बजार परिसूचक ३२ दशमलव ४२ अंकले उकालो लागेर १३ सय ९४ दशमलव ७७ अंकमा चढेको थियो । उक्त दिन सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ८१ अंकले उकालो लागेर दुई सय ९५ दशमलव पाँच अंकमा चढेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने नेपाल पुनर्बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनआईसी एसिया बैंक, एनएमबी बैंक आदि परेका छन् । कारोबार भएको सेयर संख्याको आधारमा पनि नेपाल पुनर्बीमा कम्पनी, एनएमबी बैंक, एनआईसी एसिया बैंक, ग्लोवल आईएमई बैंक आदि परेका छन् । बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंकलगायतका कम्पनीहरु अगाडि परेका छन् । यस साता युनाइटेड फाईनान्स, मञ्जुश्री फाइनान्स, नेपाल एसबीआई बैंक र छिमेक लघुवित्त विकास बैंकको बोनस तथा ऋणपत्र सूचीकृत भएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया