एनएमबी बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता
काठमाडौं, साउन १६
एनएमबी बैंक लिमिटेड र सिप्रदी ट्रेडिङबीच सम्झौता भएको छ । बैंकका स्वरोजगारमूलक व्यवसायको दिगो विकास प्रवर्द्धन गर्ने उद्देश्यको साथै सहुलियतपूर्ण कर्जाको सहज कार्यान्वयनको लागि द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा बैंकका तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र सिप्रदी ट्रेडिङका तर्फबाट उपाध्यक्ष शौरभ राज थपलियाले एनएमबी बैंकमा आयोजित एक पत्रकार सम्मेलनमा हस्ताक्षर गरेका हुुन् ।
यसअन्तर्गत दोस्रो पक्षले सहुलियतपूर्ण कर्जाजस्तै महिला उद्यमशील कर्जा, वैदेशिक रोजगारबाट फर्केर यही उद्यम गर्न लागेका युवाहरू, दलित तथा पिछडिएका समुदाय, शैक्षिक बेरोजगार युवाहरूलाई लक्षित गरी सम्भाव्य उद्यमीहरूको पहिचान गर्ने साथ बैंकले योग्यता पुगेका उद्यमी र संस्थाहरूलाई सहजरूपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रही सवारी साधन खरिद कर्जा प्रदान गर्ने सम्बन्धमा सहकार्य गर्ने लक्ष्य लिएको छ । बैंकले हाल सबै क्षेत्रमा गरी एक सय ६९ वटा शाखाहरू, पाँच वटा विस्तारीत काउन्टरहरू र एक सय ३३ एटीएमहरूमर्फत ग्राहकहरूलाई सेवा पु-याउँदै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया