काठमाडौं, साउन १८
नेपाल फाइनान्स कम्पनीको रिक्त रहेको दुई सञ्चालक नियुक्त भएका छन् । सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्दै पानस इनभेष्टमेन्ट प्रालिको तर्फबाट रोजिना श्रेष्ठ र स्वतन्त्र संचालकमा आनन्द कृष्ण ताम्राकार नियुक्त भएका छन् । यो नियुक्तिसँगै कम्पनीको सञ्चालक समितिले पूर्णता पाएको छ ।
नेपाल राष्ट्र बैंकले फाइनान्सलाई पाँच वर्षअघि समस्याग्रस्त घोषणा गरिएकोमा २०७६ मंसिर २५ गतेबाट सशर्त फुकुवा कारोबार शुभारम्भ गरेको थियो । प्रमुख कार्यकारी अधिकृतमा उद्धवराज थपलियाको नेतृत्वमा असार मसान्तसम्म २१ करोड निक्षेप संकलन गरी १२ करोड कर्जा प्रवाह गर्न फाइनान्स सफल भएको छ ।
कमलादीमा केन्द्रीय कार्यलय तथा नयाँसडकमा शाखा कार्यालय रहेको संस्थाले भविष्यमा देशका विभिन्न भागमा सखा सञ्चालनमा ल्याउने गरी कार्ययोजना तयारी गरेको छ । प्रा. हिरेन्द्रमान प्रधान अध्यक्ष, चन्द्र कुमार राई, दिप्रश शाक्य, राजन प्रजापती, रोजिना श्रेष्ठ, आनन्द कृष्ण ताम्राकार र लक्ष्मी महर्जन गरी फाइनान्समा सात जना सञ्चालक छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया