सिद्धार्थ बैंकद्वारा कोरोना भाइरस संक्रमण रोकथाम कोषमा रकम हस्तान्तरण
काठमाडौं, साउन २९
सिद्धार्थ बैंकले कोरोना भाइरस रोकथाम कोषमा रकम सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषमा रहेको दुई करोड ६७ लाख २७ हजार नौ सय २९ रुपैयाँ रकम सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई हस्तान्तरण गरेको हो । उक्त रकम बुधबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहका बीच बैंकका अध्यक्ष मनोजकुमार केडियाले अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरेका हुुन् ।
उक्त अवसरमा अर्थमन्त्री डा. खतिवडाले बैंकलाई धन्यवादज्ञापन गर्दै बैंकको तर्फबाट प्रदान गरिएको यो सहयोग नै हालको परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्वको सबैभन्दा राम्रो उदाहरण भएको बताउँदै प्राप्त रकमको सरकारले कोरोना रोकथाम एवं नियन्त्रणको काममा नै सदुपयोेग गर्ने बताए ।
यसअघि पनि बैंकले प्रदेश सरकार तथा विभिन्न स्थनीय तहलाई गरी ७६ लाख २४ हजार छ सय २० रुपैयाँ सहयोग प्रदान गरिसकेको छ । यसरी कोरोना भाइरस संक्रमण रोकथाममा बैंकले हाल सम्म कुल तीन करोड ४३ लाख ५२ हजार पाँच सय ४९ रुपैयाँ सहयोग प्रदान गरेका छ । यसरी प्रदान गरिएको रकमबाट कोरोना भाइरस संक्रमण रोेकथाम तथा उपचारकाका लागि ठूलो सघाउ पुग्ने बैंकले विश्वास लिएको छ ।
हालको प्रतिकूल परिस्थितिमा सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्डअनुरूप बैंकले स्थानीय अधिकारी एवं सरकारका अन्य विभिन्न निकायसँगको समन्वयमा विभिन्न शाखाहरूका साथै डिजिटल माध्यमबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया