Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनाडेप लघुुवित्तको नाफा एक करोड ३१ लाख

नाडेप लघुुवित्तको नाफा एक करोड ३१ लाख


काठमाडौं, भदौ ७
नाडेप लघुुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा एक करोड ३१ लाख ५९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा दुुई करोड ४३ लाख २९ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ३६ करोड ८० लाख रुपैयाँ रहेको संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा एक अर्ब ३६ करोड २० लाख २० हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब १३ करोड ७४ लाख ६५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २५ करोड ३२ लाख ९१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम पाँच करोड ४३ लाख ३० हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ६७ प्रतिशत रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने संस्थाले एक अर्ब १३ करोड २६ लाख ९७ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ९६ करोड १८ लाख ९६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २७ करोड ५७ लाख २१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम सात करोड ६१ लाख १८ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव २१ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया