कोरोनाको बेला निकै कम भारतीयको तलब बढ्यो
नयाँ दिल्ली, भदौ ९
कोरोना संकटले पिरोलिरहेका बेला गत वर्षको तुलनामा निकै कम भारतीयको तलब बढेको पाइएको छ । सन् २०१९ मा औसत वृद्धि करिब ८ दशमलव ६ प्रतिशत रहेकोमा यो वर्ष घटेर ३ दशमलव ६ प्रतिशतले मात्रै बढेको पाइएको हो । यो वर्ष ४० प्रतिशत कम्पनीले मात्रै तलब बढाएका छन् ।
भारतमा गरिएको एक सर्वेले यस्तो देखाएको हो । सर्वेमा ४० प्रतिशत कम्पनीले कर्मचारीलाई बढेको तलब दिएको पाइएको छ । ३३ प्रतिशत कम्पनीले भने यो वर्ष कुनै पनि हालतमा तलब नबढाउने बताएका छन् । बाँकी कम्पनी भने कोरोना महामारीपछिको परिस्थिति सुध्रिने अपेक्षामा रहेकाले अनिर्णित रहेको पाइएको छ ।
तलब बढाएका कम्पनीहरूले औसत ७ दशमलव ५ प्रतिशतमा बढाएका छन् । यिनमा केवल १० प्रतिशत यस्ता कम्पनी छन्, तिनले दोहोरो अंकको आम्दानी गरेका थिए । सर्वेमा जुन कम्पनीले लकडाउनपहिले तलब बढाउने प्रक्रिया पूरा गरेका थिए, उनीहरूको राम्रो आम्दानी वृद्धि पनि देखिएको छ । लकडाउन घोषणापछि जहाँ वृद्धि भएको थियो, त्यहाँको भने कम रहेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- कुन मन्त्रीसँग कति सम्पत्ति ?
- सञ्चारगृहमा राज्यको हस्तक्षेप
- बेचबिखनविरुद्धका मुद्दामा छिटो फैसला हुन आग्रह
- प्रधानमन्त्रीसँग ‘युएन एफसिसी एसबिएसटिए’ का अध्यक्षको शिष्टाचार भेट
- कैलाश सिरोहिया पक्राउ
- सगरमाथामा कीर्तिमान बनाउने प्रतिस्पर्धा
- कागेश्वरी मनहरा घटना: मृतक कृष्णका छोरा चिरेन घाइते अवस्थामा फेला
- फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया