ब्ल्याकस्टोनले साढे ४ अर्ब डलरमा एन्सेस्ट्रीलाई प्राप्ति गर्ने
अमेरिका, भदौ ९
ब्ल्याकस्टोन ग्रुप इन्क बीएक्सएनले डीएनएसम्बन्धी सेवाप्रदायक एन्सेस्ट्री डटकमलाई झण्डै साढे चार अर्ब अमेरिकी डलरमा प्राप्ति गर्ने भएको छ। ब्ल्याकस्टोनले चार अर्ब ७० करोड अमेरिकी डलरमा कम्पनीलाई प्राप्ति गर्नलागेको रोयटर्सले जनाएको छ । एन्सेस्ट्री डटकम विश्वकै ठूलो डीएनए सेवाप्रदायक हो ।
यसले ग्राहकलाई उनीहरूको जिनियालोजी (वंशावली) र वंशाणुगत स्वास्थ्य जोखिम परीक्षण गर्ने गर्छ । ब्ल्याकस्टोनले धेरै ग्राहक कोभिड १९ महामारीका कारण घरमै बसेकोले एन्सेस्ट्रीमा फर्किने विश्वास व्यक्त गरेको छ । ‘धेरै मानिसहरू आफ्ना परिवारको इतिहासबारे जान्न उत्सुक रहेकोले एन्सेस्ट्रीले थप वृद्धि हासिल गर्ने ब्ल्याकस्टोनका वरिष्ठ प्रबन्धनिर्देशक डेभिड केस्टबमले एक वक्तव्यमार्फत बताएका छन् ।
यससम्बन्धी दुई कम्पनीबीच सम्झौता भइसकेको बताइएको छ । एन्सेस्ट्री डटकमका ३० लाख सेवा खरिदकर्ता ग्राहक संसारका ३० देशमा छन् । उसले वार्षिकरूपमा १ अर्ब डलरभन्दा बढी आम्दानी गर्छ । उक्त कम्पनी सन् १९९६ मा स्थापना भएको थियो । सुरुमा पारिवारिक इतिहाससम्बन्धी वेबसाइटका रूपमा सार्वजनिक भए पनि पछि डीएनए परीक्षण र मोबाइल एपका रूपमा पनि आइसकेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- कुन मन्त्रीसँग कति सम्पत्ति ?
- सञ्चारगृहमा राज्यको हस्तक्षेप
- बेचबिखनविरुद्धका मुद्दामा छिटो फैसला हुन आग्रह
- प्रधानमन्त्रीसँग ‘युएन एफसिसी एसबिएसटिए’ का अध्यक्षको शिष्टाचार भेट
- कैलाश सिरोहिया पक्राउ
- सगरमाथामा कीर्तिमान बनाउने प्रतिस्पर्धा
- कागेश्वरी मनहरा घटना: मृतक कृष्णका छोरा चिरेन घाइते अवस्थामा फेला
- फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया