पाँचतले भवन भत्किँदा भारतको राइगढमा मृत्यु हुनेको संख्या १० पुग्यो
भारत, भदौ १०
भारतको महाराष्ट्र राज्यस्थित राइगढ इलाकामा पाँचतले भवन भत्किँदा कम्तीमा १० जनाको मृत्यु भएको राष्ट्रिय विपद् व्यवस्थापन बल (एनडीआरएफ) ले मङ्गलबार पुष्टि गरेको छ । स्थानीय प्रशासनका अनुसार उक्त घरको भग्नावशेषमा अन्य केही व्यक्ति फसेको आशंका गरिएको र उनीहरूको उद्धारका लागि विभिन्न समूहले घटनास्थलमा काम गरिरहेका छन् ।
राइगढको काजलपुरा क्षेत्रमा रहेको अग्लो घर सोमबार एक्कासि भत्किँदा त्यहाँ रहेका दर्जनौँ व्यक्ति भग्नावशेषमा फसेका थिए । तत्काल स्थानीय तथा सरकारी अधिकारीसहितको उद्धार टोली घटनास्थल पुगी केही व्यक्तिलाई सकुशल उद्धार गरेका थिए । एनडीआरएफ, स्थानीय प्रशासन तथा स्थानीय नागरिक घटना लगत्तै उद्धारमा खटिएका थिए । घटनास्थलबाट मंगलबार तीन पुरूष र एक महिला गरी चार जनालाई मृत अवस्थामा निकालिएको छ भने एक बालकलाई घाइते अवस्थामा उद्धार गरिएको छ ।
घटनालगत्तै संघीय गृहमन्त्री अमित शाहले एनडीआरएफका महानिर्देशकलाई फोन गरी तत्काल उद्धार टोलीलाई घटनास्थलमा पठाउन निर्देशन दिएका थिए । घटनामा मृत्यु भएका व्यक्तिहरूप्रति दुःख व्यक्त गरेका थिए । प्रधानमन्त्रीको कार्यालयल ट्विटरमार्फत जारी शोक सन्देशमा भनिएको छ, ‘महाराष्ट्रको राइगढमा भवन भत्किँदा भएको घटनाले हामीलार्ई दुःखी बनाएको छ । यस घडीमा मृतकका आफन्तप्रति समवेदना । घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना ।’ स्थानीय अधिकारी तथा एनडीआरएफका टोली घटनास्थलमा पुगी उद्धार कार्यमा सहभागी भइसकेका पनि उक्त शोक सन्देशमा उल्लेख छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया