Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबालबालिका संरक्षणका लागि ‘एकीकृत बाल संरक्षण’ नीति ल्याइने

बालबालिका संरक्षणका लागि ‘एकीकृत बाल संरक्षण’ नीति ल्याइने


काठमाडौं, भदौ २३
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अनाथ बालबालिकाहरुको संरक्षणका लागि ‘एकीकृत बाल संरक्षण’ नीति ल्याउने बताएका छन् । सोमबार काठमाडौंको नक्सालस्थित नेपाल बाल संगठन, केन्द्रीय कार्यालयको अनुगमन गर्ने क्रममा मन्त्री गुरुङले अनाथ तथा असहाय बालबालिकाहरुको संरक्षण सरकारको प्रत्यक्ष निगरानीमा हुने गरी सो नीति ल्याउने योजना तय गरिएको बताए ।

उनले बाल संरक्षणको कामलाई सरकारले राष्ट्रिय गौरवकै आयोजनाको रुपमा अघि बढाउन लागेको पनि बताए । ‘बालबालिकाहरुको संरक्षणको नाममा धेरै बालगृहहरु खुले पनि त्यसले उचित संरक्षण दिन सकेको देखिँदैन’, मन्त्री गुरुङले भने, ‘त्यसैले सरकारले ती सबै बालगृहहरुलाई आफ्नो मातहतमा ल्याई उचित संरक्षणको व्यवस्था गर्न ‘एकीकृत बाल संरक्षण नीति’ ल्याउनैपर्ने भएको हो ।’ मन्त्री गुरुङले नेपाल बाल संगठनको स्वामित्वमा रहेका चल/अचल सम्पत्तिको अभिलेख राखि त्यसको दुरुपयोग हुन नदिन पनि संगठनका पदाधिकारीलाई समेत निर्देशन दिए ।

संगठनको चल/अचल सम्पत्तिको चरम दुरुपयोग भएको अभियोग लागेपछि संगठनको केन्द्रीय कार्यसमिति विघटन गरी विद्या उपाध्याय न्यौपानेको अध्यक्षमा नयाँ तदर्थ समिति गठन गरिएको छ । मन्त्री गुरुङले बाल गृहहरुको सुधारका लागि पनि संगठनको पुरानो कार्यसमिति विघटन गर्नुपरेको बताए । यसैबीच, मन्त्री गुरुङले नेपाल बाल संगठनको नक्सालस्थित केन्द्रीय कार्यालयमा कोरोना महामारीबाट बचाउनका लागि ‘होम क्वारेन्टाइन’को व्यवस्था गर्ने बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया