सांग्रिला डेभलपमेन्ट बैंक र डेन्टल एसोसियसनबीच सम्झौता
काठमाडौं, भदौ २६
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र डेन्टल एसोसिएसनबीच सम्झौता भएको छ । बैंकले ललितपुर महानगरपालिका वडा नं. ४७ सनराइज होम्समा अवस्थित नेपाल डेन्टल एसोसियसनसँग बैंकिङ सेवाहरू उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको हो ।
सम्झौताअन्तर्गत नेपाल डेन्टल एसोसियसनसँग आबद्ध सदस्यहरू तथा सदस्यहरूसँग आबद्ध संस्थाका कर्मचारीहरूलाई बैंकका विभिन्न बैंकिङ सेवाहरू उपलब्ध हुने साथै बिनाधितो १५ लाख रुपैयाँसम्मको प्रोफेसनल कर्जा प्रदान गरिनेछ । यस कर्जाअन्तर्गत कर्जावालालाई एक लाख रुपैयाँसम्मको कोभिड–१९ इन्स्योरेन्स निःशुल्क प्रदान गरिने बैंकले जानकारी दिएको छ ।
बैंक र एसोसियसनबीच आयोजित एक कार्यक्रममा सोसम्बन्धी सहमतिपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र नेपाल डेन्टल एसोसियसनका अध्यक्ष डा. प्रविन्द्र अधिकारले हस्ताक्षर गरेका छन् । बैंकको सबैजसो शाखाहरूबाट यो सेवा प्राप्त गर्न सकिने जानकारी बैंकले दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया