सिद्धार्थको एक नयाँसहित चार शाखाको औपचारिक उद्घाटन
काठमाडौं, पुस ९
सिद्धार्थ बैंकले एउटा नयाँ र चारवटा शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकले आइतबार प्रदेश नं ५ अवस्थित लुम्बिनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोही दिन सुनसरी अवस्थित दुहबी शाखा र गढी शाखा, सिरहा अवस्थित गोलबजार शाखा र लाहन शाखाको औपचारिक उद्घाटन सम्पन्न गरेको हो ।
बैंकको दुहबी शाखाको उद्घाटन दुहबी नगरपालिकाका मेयर श्रीवेदनारायण गच्छदार, गढी शाखाको उद्घाटन गढी गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादव, गोलबजार शाखाको उद्घाटन गोलबजार नगरपालिकाका मेयर देवनाथ शाह र लाहन शाखाको उद्घाटन लाहन नगरपालिकाका मेयर मुनिशाह सुडीबाट भएको थियोे । बैंकले दुहबी शाखा गत २०७५ फाल्गुण २७ गते, गढी शाखा गत २०७४ माघ ७ गते, गोलबजार शाखा गत २०७६ कात्तिक १५ गते र लाहन शाखा गत २०७५ वैशाख २३ गतेदेखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो ।
उक्त लुम्बिनी शाखा विस्तारपश्चात् बैंकको कुल शाखा सञ्जाल संख्या एक सय ७६ (चारवटा एक्सटेन्सन काउन्टरसहित) पुगेको छ । बैंकले एक सय एकवटा शाखारहित बैंकिङ सेवा, एक सय ९५ एटीएम र १६ सयभन्दा बढी पस मेसिनका साथै बैंकले निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिसा एटीएम कार्ड सेवामार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया