नेसनल लाइफ इन्स्योरेन्सको एजेन्सी कार्यालय नेपालगञ्जमा स्थापना
बाँके ।
नेसनल लाइफ इन्स्योरेन्स प्राइभेट लिमिटेडको एजेन्सी कार्यालय नेपालगञ्जमा स्थापना भएको छ । नेसनल लाइफ इन्स्योरेन्सका अभिकर्ता र बीमितलाई सहयोग गर्ने उद्देश्यले नेपालगञ्जमा एजेन्सी कार्यालय स्थापना गरिएको इन्स्योरेन्सका कोहलपुर शाखा प्रमुख रणबहादुर ओलीले बताए ।
नेपालगञ्ज क्षेत्रका अभिकर्ता र बीमितलाई लक्षित गरी स्थापना भएको एजेन्सी कार्यालय कोहलपुर शाखा कार्यालयको मातहतमा रहने उनले बताए । एजेन्सी कार्यालयकोे उद्घाटन गर्दै नेपालगञ्ज उपमहानगरपालिका–१८ का वडा अध्यक्ष दीपककुमार बर्माले बीमाले रकम बचत गर्ने बानीको विकास गर्ने बताउँदै यसबाट दीर्घकालीन फाइदा पुग्ने बताए । गरिब नागरिकका लागि बीमा एकदमै लाभदायक भएको उनको भनाइ थियो ।
‘बीमा गर्दा रूपैयाँ खेर गएको जस्तो लाग्न सक्छ, तर यसले वर्तमानमा भन्दा भविष्यमा फाइदा पु-याउँछ,’ उनले भने । नेपालगञ्ज क्षेत्रका बीमित र अभिकर्तालाई कोहलपुर जानुपर्ने झन्झटलाई महसुस गरी नेपालगञ्जमा एजेन्सी कार्यालय स्थापना गरिएको एजेन्सी कार्यालयकी चिफ विजनेस म्यानेजर विष्णुकुमारी केसीले बताइन् । उनले बीमा गराउनेलाई मात्र सहयोग गर्ने नभई बीमाबाट हुने फाइदाका बारेमा समेत बुझाउन कार्यालय स्थापना गरिएको बताइन् ।
चिफ विजनेस म्यानेजर मानबहादुर डिसीले स्वागत गरेको कार्यालय उद्घाटन कार्यक्रममा बीमित तेजनारायण कँडेलले बीमाले क्षति न्यूनीकरणमा टेवा पु-याउने धारणा राखेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया