नेपाल इन्स्योरेन्सको ७३औं वार्षिकोत्सव
काठमाडौँ ।
नेपाल इन्स्योरेन्स कम्पनीले ७३औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले प्रधान कार्यालय कमलादीमा सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेलको आतिथ्यमा वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको जानकारी दिएको छ ।
वार्षिकोत्सव समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले नेपालको पहिलो बीमा कम्पनीको रूपमा स्थापित कम्पनीले स्थापनाकालदेखि नै ग्राहकहरूको भरपर्दो र विश्वासिलो बीमा कम्पनीको रूपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको जानकारी दिएका छन् ।
कम्पनीलाई जेष्ठका साथै श्रेष्ठ बनाउने लक्ष्यतर्फ अग्रसर रही आधुनिक बीमाका सुविधाहरू सुरक्षित र सरलरूपमा बीमितसम्म पु¥याउनको लागि नविनतम प्रविधिको प्रयोग गरी कम्पनीको शाखा सञ्जाललाई विस्तार गर्दै आएको प्रमुख कार्यकारी शाहको भनाइ थियो ।
कम्पनीको यो अनवरत यात्रामा सम्पूर्ण बीमित, कर्मचारीहरू, लगानीकर्ता, बीमा समिति तथा अन्य नियामक निकाय, बैंक तथा वित्तिय संस्थाहरू, पुनर्बीमा कम्पनीहरू, सर्भेयरहरू, अभिकर्ताहरू, ब्रोकर तथा आम नागरिकहरूबाट आगामी दिनहरूमा अझ बढी सहयोग, विश्वास र प्रेरणा प्राप्त हुने कुरामा विश्वस्त रही हालसम्म प्राप्त सहयोगका लागि सम्बन्धित सबैमा प्रमुुख कार्यकारी शाहले हार्दिक धन्यवाद दिएका छन् ।
कम्पनीले हाल प्रधान कार्यालय तथा देशका प्रमुख स्थानहरूमा रहेका ५० वटा शाखा कार्यालयहरू र इटहरी, कावासोती र एकान्तकुनासहित तीनवटा तेस्रो पक्ष बीमा सेवा केन्द्र समेत गरी जम्मा ५४ स्थानहरूबाट बीमा सेवा प्रदान गर्दै आएको र आव ०७६/०७७ मा कम्पनीले एक अर्ब १७ करोड ७८ ला रुपैयाँ प्रिमियम संकलन गर्नुका साथै २३ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।
सोही अवसरमा कम्पनीले आफ्नो जिवनको अमूल्य समय कम्पनीको सेवामा समर्पित गरी २५ वर्ष सेवा अवधि पुगेका कर्मचारीहरूलाई दीर्घसेवा पदक र २० वर्ष सेवा अवधि पुगेका कर्मचारीहरूलाई प्रशंसापत्र बितरण गरेको छ ।
हाल विश्वभर फैलिरहेको कोरोना भाईरस कोभिड १९ का कारण नेपाल सरकारकोे स्वास्थ्य मापदण्डको पालना गर्दै कम्पनीका प्रदेश तथा शाखा कार्यालयहरूसँग भर्चुुअल शुभकामना आदान प्रदान समेत गरी कम्पनीको ७३औं वार्षिक उत्सव सम्पन्न गरेको हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया