ग्लोबल आईएमई बैंक र होटल व्यवसायी महासंघबीच सम्झौता
काठमाडौँ ।
ग्लोबल आईएमई बैंक लिमिटेड र होटल व्यवसायी महासंघ नेपालबीच सम्झौता भएको छ । महासंघसँग आबद्ध नेपालभरमा रहेका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरूलाई जनचेतना बढाएर सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्ने एवं सरलताका साथ बैकिङ कारोबारको पहुँचभित्र ल्याउने विषयसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको बैकले जानकारी दिएको छ ।
सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र महासंघका तर्फबाट अध्यक्ष हिराध्वज शाहले हस्ताक्षर गरेका छन् । महासंघसँग आबद्ध व्यवसायीहरूलाई आर्थिक कारोबारमा सघाउ पु-याउन तथा हाल कोभिड–१९ बाट प्रभावित भएको अवस्था समेतलाई दृष्टिगत गरी परियोजना सञ्चालनमा ल्याउन सहयोग पु-याउने हेतुले बैंक नियमानुसार कर्जा सुविधा प्रदान गर्ने सहमति भएको छ । सका साथै महासंघसँग आबद्ध व्यवसायीहरूको लागि बैंकले आवश्यकताअनुसार बैंकिङ एवं वित्तीय साक्षारतासम्बन्धी तालिम समेत प्रदान गर्ने व्यवस्था मिलाइनेभएको छ ।
यस्तो सुविधा लिनको लागि महासंघसँग आबद्ध सम्पूर्ण व्यवसायीहरूले आफूलाई पायक पर्ने शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन् । बैंकले आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवाको अतिरिक्त अन्य सुविधाहरू प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संघ/संस्थाहरूसँग समन्वय गरी यस्ता योजनाहरू ल्याउने गरेको बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया