एप्पललाई जरिवानासम्बन्धी अदालती आदेशविरुद्ध अपिल गर्दै युरोपेली आयोग
ब्रसेल्स ।
युरोपेली आयोगले एप्पलले १३ अर्ब युरो जरिवाना तिर्नु नपर्ने अदालतको आदेशविरुद्ध अपिल गर्ने भएको छ । करसम्बन्धी उक्त रकम आयरल्यान्डलाई तिर्नु नपर्ने आदेशविरुद्ध अपिल गर्न लागेको हो । ईयूको जनरल कोर्टले जुलाईमा कर रकममा एप्पलले कुनै पनि कानुन उल्लङ्घन नगरेको भन्दै उन्मुक्ति दिएपछि आयोग आक्रोशित भएको छ ।
आयरल्यान्डले यो प्रकरणमा मुद्दामामिला नगरे पनि युरोपेली आयोग आफैँलै एप्पलविरुद्ध मुद्दा अघि बढाएको थियो । एप्पलले करमा झेल गर्दा ईयूको राजस्व घटेको भन्दै आयोगले मुद्दा चलाएको थियो । ईयूले एप्पलले लागेको कर तिर्नुपर्ने बताउँदै आएको छ । सन् २०१६ मा अदालतले डब्लिनले नै एप्पललाई अवैधानिक करमा छुट दिएको बताएको थियो तर जुलाईमा भने उक्त निर्णय फिर्ता लिएको थियो ।
आयरल्यान्डले नै एप्पललाई करमा छुट सुविधा उपलब्ध गराएको दाबी गर्दै आयोगले सोही कारण ईयूको राजस्वमा असर गरेको बताएको छ । तर आयरल्यान्डले भने एप्पलले आफ्नो देशको कानुन परिपालना गरेको बताएको छ । आयोगले आफ्नो सदस्य राष्ट्रले कम्पनीविशेषलाई यसरी छुट सुविधा दिँदा अन्य कम्पनीमाथि अन्याय हुने बताएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया