सुबास बस्नेत
दोलखा ।
जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोकमा सवारी खुलेसँगै आंशिक चहलपहल बढेको छ । कोरोना भाइरसको कारण विगत सात महिनादेखि ठप्प बनेको कालिञ्चोक क्षेत्रमा असोज लागेपछि केहि चहलपहल बढेको हो । सदरमुकाम चरीकोटबाट नजिकको पर्यटकीय स्थल मानिने कालिन्चोक क्षेत्र कोरोना भाइरस रोकथाम गर्न सरकारले गरेको लकडाउनको कारण विगत छ महिनादेखि सुनसान बनेको थियो ।
सरकारले असोज १ गतेदेखि यातायात क्षेत्र खुला गरेपछि असोज पहिलो सातादेखि नै आंशिक पर्यटक आउन थालेको कालिञ्चोक कुरीका होटल व्यवसायी नवराज तामाङले जानकारी दिए । तामाङ अनुसार सवारी खुलेपछि दैनिक ३० देखि ५० जनाको हाराहारीमा बाहिरी जिल्लाका पर्यटक आउने गरेका छन् ।
सवारी सुचारु भएपछि छिमेकी जिल्ला काभ्रेको धुलिखेल, रामेछाप, सिन्धुपाल्चोकलगायतका जिल्लाका केही नागरिक कालिञ्चोक घुम्न आउने गरेको अनुराग होटलका सञ्चालक शंकर तामाङले जानकारी दिए । ठूलो लगानी गरेर यहाँ खोलेका होटल तथा रेस्टुरेन्ट कोरोनाका कारण खालि हुँदा आर्थिक संकट देखिन थालेको होटल व्यवसायी किशोर तामाङले बताए ।
चैतदेखि आम्दानीको मुख्य स्रोत बन्द हुँदा बैंक तथा सहकारीको किस्ता, हर्जना तिर्न समस्या भएको छ । कालिञ्चोक ठूलो लगानी गरेर सक्रियरूपमा सञ्चालनमा ल्याएका ५० वटा होटल रहेका छन् । चाडपर्व नजिकिएकाले पनि असोजदेखि चहलपहल बढेको हो ।
सरकारले भदौ २५ गतेदेखि स्वस्थ्य मापदण्ड अपनाएर होटल सुचारु गर्न पाइने निर्णय गरे पनि दोलखामा कोरोना संक्रमणका बिरामी देखिएको हुँदा होटल सञ्चालनमा समस्या रहेको व्यवसायीहरूको भनाइ छ ।
असहज वातावरणमा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर आवश्यक सतर्कताका साथ सबै होटलले सुविधा दिरहेको व्यवसायी नवराज तामाङले जानकारी दिए । यता सदरमुकाम चरीकोटमा पनि दशैँ नजिकिएसँगै चहलपहल बढेको छ । दशैको किनमेल गर्ने मानिसको आवतजावतले बजारमा चहलपहल बढेको हो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगन
- कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन
- सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
- तीन विदेशी महिला दुई केजी छ सय ५४ ग्राम लागुऔषधसहित पक्राउ
- विकासलाई अगाडि बढाउन राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ: अध्यक्ष ओली
- आन्दोलनरत आम सम्पर्क मञ्च र भन्सा कार्यालय बिच बार्ता
- पूर्वप्रधानसेनापति सिंहको निधन
- भारतद्वारा इरान बन्दरगाह सम्झौतामा अमेरिकी प्रतिबन्धको धम्की अस्वीकार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया