युनाइटेड रियल लेदरको जुत्ता सार्वजनिक
काठमाडौं ।
युनाइटेड टेनरिजले हालै आफ्नो ब्राण्डको डिजाइनर जुत्ता युनाइटेड रियल लेदर लन्च गरेको छ । युनाइटेड रियल लेदरको छालाको जुत्ताहरु उत्कृष्ट डिजाइनहरुमा जेन्स र लेडिज दुवैका लागि उपलब्ध रहेको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार शतप्रतिशत नेपाली छालाबाट बनेको हस्तनिर्मित जुत्तामा छ महिनाको वारेन्टी छ ।
कम्पनीबाट उत्पादित गुणस्तरीय छालाका जुत्ताहरुविदेशमा समेत निर्यात गरेर देशमा विदेशी मुद्रा भित्र्याउन सहयोग पु-याउने उद्देश्य उद्योगले राखेको छ । शतप्रतिशत नेपाली कच्चा पदार्थहरुको प्रयोग गरी छालाहरु उत्पादन गर्दै आएको यस उद्योगले उत्पादन गर्ने छालाको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्डअनुरुप रहेको छ । साथै कम्पनीले बिहीबारबाट आफ्नो पहिलो शोरुम विराटनगरमा खोलेको छ । उक्त शोरुमको सञ्चालक परवेज अख्तरले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा उनले युनाइटेड टेनरिजले सञ्चालनमा ल्याएको यो नयाँ शो–रुमले पनि विराटनगरको व्यावसायिक विकासमा सघाउ पुग्ने बताए । स्वदेशी उद्योगलाई प्रोत्साहन गरेर देशमै रोजगारीका अवसरहरु सिर्जना गर्नसके समृद्धिको सपना साकार हुने उनको भनाइ थियो । उद्योगका अर्का सञ्चालक शादाव अख्तरले उद्योगले नेपालमा उपलब्ध कच्चा पदार्थहरुबाट बनेको गुणस्तरीय छालाका उत्पादन गर्दै आएको बताए । यी उत्पादित छालाहरु अन्तर्राष्ट्रिय गुणस्तरबमोजिमको रहेकोले छालाजन्य सामग्रीहरु निर्माण गर्ने व्यवसायीहरुलाई गुणस्तर सामान उत्पादन गर्न मद्दत पुग्ने उनको भनाइ छ ।
उद्योगले सञ्चालनमा ल्याएको नयाँ शोरुम सेन्ट्रल मल विराटनगरमा रहेको छ भने कम्पनीको नयाँ शोरुमहरु काठमाडौंको सातदोबाटोस्थित सेल्सबेरी स्टोर, नयाँ सडकस्थित विशालबजार र पोखराको सेल्वेज स्टोरमा पनि सञ्चालन हुने भएको छ । यस कम्पनीले आफ्नो उत्पादनहरु अमेरिका, युरोपलगायत एसियाका धेरै राष्ट्रहरुमा सामानहरु निर्यात गर्दै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया