व्यावसायिक आचारसंहिता पालना गरी व्यापार व्यवसाय सञ्चालन गर्न महासंघको आग्रह
काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघले व्यावसायिक आचारसंहिता पालना गरी व्यापार व्यवसाय सञ्चालन गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरेको छ । पछिल्लो चरण नेपालमा कोरोना महामारी बढ्दै गइरहेको विषम अवस्थामा कम गुणस्तरीय सामान विक्री वितरण भएको, उपभोग्य मिति गुज्रेका सामानको बिक्रीवितरण, म्याद गुज्रेका वस्तुमा पुनः उपभोग्य मिति राखी बजारमा पठाइएको, निश्चित तौल नपु¥याई सामान बजारमा बिक्री गरेको लगायतका प्रचलित कानुनविपरीतका कार्यहरू भएको भन्ने गुनासाहरू आएको भन्दै महासंघले प्रचलित कानुनविपरीतका कार्यमा संलग्न नहुन सबैमा आग्रह गरेको हो ।
महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो कठिन घडीमा कहीँकतैबाट पनि जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयमा लापरबाही हुन नहुनेमा सचेत गराएको छ । कसैलाई पनि जनताको प्रत्यक्ष स्वास्थ्यसँग खेलबाड हुने र प्रचलित कानुनविपरीत कार्य गर्ने छुट नभएको भन्दै महासंघले यदि कहीँकतैबाट भएको रहेछ भने कानुन अनुसार कारबाहीको भागीदार हुनुपर्ने हुँदा प्रचलित कानुनविपरीतका कार्यमा संलग्न नहुन आफ्ना सबै सदस्य जिल्ला/नगर उद्योग वाणिज्य संघहरूमार्फत उद्यमी व्यवसायीहरूलाई आग्रह गरेको छ ।
साथै महासंघले चाडबाडलक्षित गरी बजार अनुगमनको कार्यलाई तीव्रता दिनुभन्दा पनि अनुगमनको कार्यलाई वर्षैभरि निरन्तरता दिन र यस्ता कार्यमा महासंघका सदस्य जिल्ला/नगर उद्योग वाणिज्य संघहरूलाई पनि एकसाथ लैजाने संरचना निर्माण गरी अनुगमन प्रणालीलाई विधिवत् रूपमा अघि बढाउँदै सबै सरोकारवालाहरूको आत्मसम्मानको सुरक्षा गर्न सरकारसँग माग गरेको छ । निजी क्षेत्रले महामारीमा सरकारलाई दरिलो साथ र सहयोग दिँदै आएको पनि महासंघले जनाएको छ । महामारीमा मुलुकको आपूर्ति प्रणालीमा कुनै रोकावट आउन नदिन आफू र आफ्नो परिवारको समेत ज्यान जोखिममा राखेर उद्यमी व्यवसायीहरू अहोरात्र खटिरहेको महासंघको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ट्विटर एक्स डटकम भएको मस्कद्वारा पुष्टि
- भारतीय सेयरबजारबाट बाहिरियो साढे तीन अर्ब डलर लगानी
- राष्ट्रसङ्घद्वारा विश्वव्यापी आर्थिक दृष्टिकोण सार्वजनिक
- महिन्द्रा उत्सव योजनाका लक्की ड्र विजेताहरूलाई पुरस्कार हस्तान्तरण
- भिजाको नेपाल, बंगलादेश र भुटानको कन्ट्री म्यानेजरमा सब्बीर अहमद
- विश्वविद्यालय र उद्योगहरूबीच सहकार्यको सम्भावनाका बारेमा छलफल
- मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सकारात्मक: नाडा
- ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया