एनआईसीको मोबाइल बैंकिङको प्रत्येक कारोबारबाट एक रुपैयाँ कोरोना प्रभावितलाई
काठमाडौं ।
एनआईसी एसिया बैंकले दशैंको अवसरमा सेलिब्रेट फर कज सामाजिक उत्तरदायित्व योजना सञ्चालनमा ल्याएको छ । यो योजनाअनुसार बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत मोबाइल बैंकिङ एनआईसी एसिया मोबैंकबाट क्यूआर, युटिलिटी, तथा मर्चेन्ट भुक्तानी गरी हुने प्रत्येक कारोबारमा बैंकको तर्फबाट १ का दरले समाजिक उत्तरदायित्वका लागि योगदान गर्ने जानकारी दिएको छ ।
ग्राहकहरूले चाडपर्वलाई उल्लासमय बनाउने उद्देश्यले बैंकले ‘डिजिटल उत्सव’ योजना डिजिटल कारोबारलाई प्रोत्साहन गर्न विभिन्न ब्राण्ड तथा स्टोरहरूमा डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म आकर्षक छुट तथा नगद फिर्ता क्यास ब्याक योजना ल्याएकोमा बैंकले सोही योजनाअन्तर्गत सामाजिक काममा आफ्नो परोपकारी भावनालाई गतिशीलरूपमा अगाडि बढाउन सेलिब्रेट फर कज योजना समेत ‘डिजिटल उत्सव’ मा समावेश गरी ल्याएको जनाएको छ ।
बैंकका अनुसार करिब १२ लाख मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले कात्तिक एक गतेदेखि १० गतेसम्म गर्ने डिजिटल भुक्तानीलाई यो योजनामा समावेश गरिनेछ । कोभिड १९ को महामारीका कारण मुलुकका उद्योग, कलकारखाना, विकास निर्माण, बैंक तथा वित्तीय क्षेत्रलगायतका क्षेत्रहरूमा गम्भीर असर पारिरहेको अवस्थाबीच बैंकले यस अभियानमार्फत उक्त १० दिनसम्म संकलन भएको रकम कोरोना महामारीबाट गम्भीर असर भोगिरहेका वृद्धाश्रम, बालगृह जस्ता सामाजिक संस्थाहरूलाई प्रदान गर्ने जनाएको छ ।
बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा तीन अर्ब १२ करोड १४ लाख ८७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा तीन अर्ब दुई करोड ३२ लाख रुपैयाँ रहेको थियो । चुक्ता पुँजी नौ अर्ब ७१ करोड ७६ लाख ६१ हजार रुपैयाँ रहेको बैंकले गत आवको चौथौ त्रैमासिक अवधिमा दुुई खर्ब एक अर्ब ६३ करोड तीन लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ६० अर्ब १८ करोड ५६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा सात अर्ब ६० करोड ४८ लाख ३१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको बितरण योग्य नाफा एक अर्ब ४४ करोड सात लाख ३४ हजार रुपैयाँ रहेको छ । यस अवधिमा निष्क्रियक कर्जाको अनुपात शून्य दशमलव ७५ प्रतिशत रहेको बैंकको स्प्रेड दर भने चार दशमलव ३९ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही अवधिमा भने बैंकले एक खर्ब ७१ अर्ब ४२ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४२ अर्ब ५७ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा छ अर्ब ९६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ४१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया