पोखरामा सिद्धार्थ इन्स्योरेन्सको प्रादेशिक कार्यालय
काठमाडौं, पुस १३
सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले गण्डकी प्रदेशको पोखरामा प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले उक्त कार्यालयको समुद्धघाटन गरेका हुन । सो समारोहमा अध्यक्ष चापागाँईले व्यवसाय वृद्धि सँगै संस्थागत सुशासन समेतलाई ध्यान दिन सुझाव दिंदै प्रादेशिक कार्यालयले बीमितलाई अझ प्रभावकारी बीमा सेवा प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरे ।
कार्यक्रमका सभापति एवं कम्पनीका सञ्चालक पवनकुमार अग्रवालले अहिले सम्म गण्डकी प्रदेशका ११ वटा जिल्ला मध्ये आठ वटा जिल्लामा ११ वटा शाखा सञ्जाल मार्फत स्तरिय बीमा सेवा प्रदान गर्दै आएको बताउँदै भविष्यमा बाँकी जिल्लामा समेत शाखाहरुको विस्तार गरी अझ प्रभावकारीरुपमा बीमा सेवा प्रदान गर्ने लक्ष्य रहेको बताए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रिले मन्तव्य राख्दै उत्कृष्ट बीमा सेवा प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको बताए । सो समारोहमा स्थानीय बैंक तथा वित्तीय संस्थाहरु प्रमुख एवं व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया